माथिल्लो तामाकोशी जलविद्युत
कम्पनीले दोलखाका स्थानीय बासिन्दाका लागि आज बुधबार (साउन १६ गते) देखि आइपीओ
खुला गरेको छ । दोलखाबासीले यो आइपीओ भदौ १४ गतेसम्म भर्न सक्नेछन् ।आयोजना
प्रभावित दोलखाका स्थानीयलाई १० प्रतिशत सेयर छुट्याएको छ ।आयोजनाले स्थानीय
बासिन्दालाई १०० रुपैयाँ अंकित मूल्यको १ करोड ५ लाख ९० हजार कित्ता सेयर बिक्री
खुल गरेको हो । स्थानीयलाई बेचिसकेपछि सर्वसाधारणमा खुला हुनेछ । यस आइपीओमा
काठमाडौंबाट पनि आवेदन दिन मिल्नेछ । विदेशबाट समेत भर्न सकिने व्यवस्था छ ।
दोलखाबासीलाई
आइपीओ भर्न ३ वर्गमा वर्गीकरण
दोलखाका
स्थानीयलाई पनि ३ वर्गमा वर्गीकरण गरिएको छ । जिल्लाको लामाबगर र गौरिशंकार
गाँउपालिकालाई ‘क’, ट्रान्समिसन लाइन भएको क्षेत्रलाई ‘ख’ र बाँकीलाई
‘ग’ वर्गमा विभाजन गरिएको हो । सोही अनुसार
आवेदन दिन पाइने संख्या निर्धारण गरिएको छ । ‘क’ वर्गमा
पर्नेले हरियो, ‘ख’ वर्गमा पर्नेले निलो र ‘ग’ वर्गमा
पर्ने स्थानीयले कालो फर्म भरेर आवेदन दिनु पर्नेछ ।
काठमाडौं उपत्यकामा बस्नेलाई
१० दिन मात्र म्याद
काठमाडौं उपत्यकामा बस्ने
दोलखालीले भने १० दिनसम्म मात्र आवेदन दिन सक्नेछन् । उपत्यकामा रहेकाले साउन २५
गतेसम्ममा आइपीओका लागि आवेदन दिइसक्नुपर्नेछ ।

No comments:
Post a Comment