Wednesday, August 1, 2018

सिटिजन्स बैंकको एफपिओमा पहिलो दिनमै माग भन्दा बढी आवेदन


सिटिजन्स बैंकले साउन १५ देखि १८ गतेसम्म ४ लाख ६३ हजार ८२६ कित्ता एफपिओ निष्काशन गरेकोमा पहिलो दिनमा नै ७ लाख ८० हजार कित्ताका लागि आवेदन परेको हो । एफपिओमा मंगलबार १५ गते मात्र करिब ६ हजार ७०० वटा आवेदन प्राप्त भएको एफपिओ बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका ललित ढुङ्गानाले जानकारी दिएका छन् ।बैंकले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा एक सय रुपैयाँ नै प्रिमियम थपेर प्रतिकित्ता २०० रुपैयाँका दरले एफपिओ निष्काशन गरेको हो । बैंकको एफपिओमा १८ गतेसम्म आवेदन दिन पाइने हुनाले १० कित्ता सेयर पनि गोलाप्रथाबाट बाँडफाँड गर्नुपर्ने अवस्था पहिलो दिनको आवेदनबाटै देखिएको छ । एफपिओ लगानीकर्ताले न्युनतम ५० कित्ता अर्थात दश हजार रुपैयाँ देखि २३ सय कित्ता अर्थात चार लाख ६० हजार रुपैयाँ सम्मको आवेदन दिन पाउने व्यवस्था छ ।बैंकको एफपिओ सर्वसाधारणको लागि भएकोले बैंकका संस्थापक, सञ्चालक तथा प्रबन्ध संचालकहरुले भने आवेदन दिन पाउने छैनन् । संस्थापक र साधारण सेयर अनुपात ५१:४९ कायम गर्न बैंकले एफपिओ निष्काशन गर्न गरेको हो । हाल बैंकमा संस्थापकको ५१.२९ प्रतिशत तथा साधारण सेयरको ४८.७१ प्रतिशत सेयर अनुपात रहेको छ ।एफपिओ पछि बैंकको चुक्ता पूँजीमा ४ करोड ६३ लाख रुपैयाँ थपिनेछ भने त्यति नै रकम जगेडा कोषमा जम्मा हुनेछ । गत आर्थिक बर्षमा बैंकले एक अर्ब ४० करोड खुद नाफा गरेको छ । बैंकको प्रतिसेयर आम्दानी वार्षिक १७ रुपैयाँ ५३ पैसा, मूल्य आम्दानी अनुपात १३.४६ गुणा, प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ४६ पैसा रहेकोछ ।

No comments:

Post a Comment

स्वरोजगार लघुवित्तले २०% बोनस सेयर दिने

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमीटेडले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ ।   कम्पनीको साउन ३१ गते बसेको १७१ औ...