स्वरोजगार
लघुवित्त वित्तीय संस्था लिमीटेडले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिने
घोषणा गरेको छ । कम्पनीको साउन ३१ गते बसेको १७१ औं बोर्ड बैठकले सेयरधनीलाई २० प्रतिशत
बोनस सेयर र कर प्रयोजनका लागि १.०५२६ नगद लाभांश वितरणको निर्णय गरेको हो । यो निर्णय नियामक नेपाल
राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएपछि
कार्यान्वयनमा आउनेछ ।
Lagani Sutra लगानी सुत्र
Sunday, August 19, 2018
Wednesday, August 1, 2018
सिटिजन्स बैंकको एफपिओमा पहिलो दिनमै माग भन्दा बढी आवेदन
सिटिजन्स बैंकले साउन १५ देखि १८ गतेसम्म ४ लाख ६३ हजार ८२६ कित्ता
एफपिओ निष्काशन गरेकोमा पहिलो दिनमा नै ७ लाख ८० हजार कित्ताका लागि आवेदन परेको
हो । एफपिओमा मंगलबार १५ गते मात्र
करिब ६ हजार ७०० वटा आवेदन प्राप्त भएको एफपिओ बिक्री प्रबन्धक ग्लोबल आईएमई
क्यापिटलका ललित ढुङ्गानाले जानकारी दिएका छन् ।बैंकले प्रतिकित्ता एक सय रुपैयाँ
अंकित मूल्यमा एक सय रुपैयाँ नै प्रिमियम थपेर प्रतिकित्ता २०० रुपैयाँका दरले
एफपिओ निष्काशन गरेको हो । बैंकको एफपिओमा १८ गतेसम्म आवेदन दिन पाइने हुनाले १०
कित्ता सेयर पनि गोलाप्रथाबाट बाँडफाँड गर्नुपर्ने अवस्था पहिलो दिनको आवेदनबाटै
देखिएको छ । एफपिओ
लगानीकर्ताले न्युनतम ५० कित्ता अर्थात दश हजार रुपैयाँ देखि २३ सय कित्ता अर्थात
चार लाख ६० हजार रुपैयाँ सम्मको आवेदन दिन पाउने व्यवस्था छ ।बैंकको एफपिओ
सर्वसाधारणको लागि भएकोले बैंकका संस्थापक, सञ्चालक तथा प्रबन्ध संचालकहरुले भने आवेदन दिन पाउने छैनन्
। संस्थापक र साधारण सेयर
अनुपात ५१:४९ कायम गर्न बैंकले एफपिओ
निष्काशन गर्न गरेको हो । हाल बैंकमा संस्थापकको ५१.२९ प्रतिशत तथा साधारण सेयरको
४८.७१ प्रतिशत सेयर अनुपात रहेको छ ।एफपिओ पछि बैंकको चुक्ता पूँजीमा ४ करोड ६३
लाख रुपैयाँ थपिनेछ भने त्यति नै रकम जगेडा कोषमा जम्मा हुनेछ । गत आर्थिक बर्षमा बैंकले
एक अर्ब ४० करोड खुद नाफा गरेको छ । बैंकको प्रतिसेयर आम्दानी वार्षिक १७ रुपैयाँ
५३ पैसा, मूल्य आम्दानी अनुपात
१३.४६ गुणा,
प्रतिसेयर
नेटवर्थ १३४ रुपैयाँ ४६ पैसा रहेकोछ ।
माथिल्लो तामाकोशीको १.०५ अर्बको आइपीओ खुल्यो
माथिल्लो तामाकोशी जलविद्युत
कम्पनीले दोलखाका स्थानीय बासिन्दाका लागि आज बुधबार (साउन १६ गते) देखि आइपीओ
खुला गरेको छ । दोलखाबासीले यो आइपीओ भदौ १४ गतेसम्म भर्न सक्नेछन् ।आयोजना
प्रभावित दोलखाका स्थानीयलाई १० प्रतिशत सेयर छुट्याएको छ ।आयोजनाले स्थानीय
बासिन्दालाई १०० रुपैयाँ अंकित मूल्यको १ करोड ५ लाख ९० हजार कित्ता सेयर बिक्री
खुल गरेको हो । स्थानीयलाई बेचिसकेपछि सर्वसाधारणमा खुला हुनेछ । यस आइपीओमा
काठमाडौंबाट पनि आवेदन दिन मिल्नेछ । विदेशबाट समेत भर्न सकिने व्यवस्था छ ।
दोलखाबासीलाई
आइपीओ भर्न ३ वर्गमा वर्गीकरण
दोलखाका
स्थानीयलाई पनि ३ वर्गमा वर्गीकरण गरिएको छ । जिल्लाको लामाबगर र गौरिशंकार
गाँउपालिकालाई ‘क’, ट्रान्समिसन लाइन भएको क्षेत्रलाई ‘ख’ र बाँकीलाई
‘ग’ वर्गमा विभाजन गरिएको हो । सोही अनुसार
आवेदन दिन पाइने संख्या निर्धारण गरिएको छ । ‘क’ वर्गमा
पर्नेले हरियो, ‘ख’ वर्गमा पर्नेले निलो र ‘ग’ वर्गमा
पर्ने स्थानीयले कालो फर्म भरेर आवेदन दिनु पर्नेछ ।
काठमाडौं उपत्यकामा बस्नेलाई
१० दिन मात्र म्याद
काठमाडौं उपत्यकामा बस्ने
दोलखालीले भने १० दिनसम्म मात्र आवेदन दिन सक्नेछन् । उपत्यकामा रहेकाले साउन २५
गतेसम्ममा आइपीओका लागि आवेदन दिइसक्नुपर्नेछ ।
Tuesday, July 31, 2018
सिटिजन्स बैंकको एफपिओ खुल्यो, कम्तिमा दश हजारमा आवेदन दिन सकिने
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको
थप सार्वजनिक निष्काशन (एफपिओ) साउन १५ गतेदेखि बिक्रीमा खुल्ला भएको छ । बैंकले प्रतिकित्ता एक सय
रुपैयाँ अंकित मूल्यमा एक सय रुपैयाँ नै प्रिमियम थपेर प्रतिकित्ता २०० रुपैयाँका
दरले एफपिओ (FPO) निष्काशन गरेको छ
।सिटिजन्स बैंकले ४ लाख ६३ हजार ८२६ कित्ता एफपिओ निष्काशन गरेको हो ।बैंकको
एफपिओमा यही साउन १५ देखि छिटोमा १८ गतेसम्म र ढिलोमा भदौ १४ गतेसम्म आवेदन दिन
पाइने छ ।लगानीकर्ताले न्युनतम ५० कित्ता अर्थात दश हजार रुपैयाँ देखि २३ सय
कित्ता अर्थात चार लाख ६० हजार रुपैयाँ सम्मको आवेदन दिन सकिनेछ ।सिटिजन्स बैंकको
एफपिओ सर्वसाधारणको लागि भएकोले बैंकका संस्थापक, सञ्चालक तथा
प्रबन्ध सन्चालकहरुले भने आवेदन दिन पाउने छैनन् ।संस्थापक र साधारण सेयर अनुपात
५१:४९ कायम गर्न बैंकले एफपिओ निष्कासन गर्न लागेको हो । हाल बैंकमा संस्थापकको
५१.२९ प्रतिशत तथा साधारण सेयरको ४८.७१ प्रतिशत सेयर अनुपात रहेको छ ।बैंकको शेयर
निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।एफपिओ पछि
बैंकको चुक्तापूँजीमा ४ करोड ६३ लाख रुपैयाँ थपिनेछ भने त्यति नै रकम जगेडा कोषमा
जम्मा हुनेछ । एफपिओ पश्चात बैंकको चुक्ता पूँजी ८ अर्ब ७ करोड रुपैयाँ पुग्नेछ। सोमबार
दोस्रो बजारमा बैंकको शेयर प्रतिकित्ता २२९ रुपैयाँमा कारोबार भएको थियो । गत
आर्थिक बर्षमा बैंकले एक अर्ब ४० करोड खुद नाफा गरेको छ । बैंकको प्रतिसेयर
आम्दानी वार्षिक १७ रुपैयाँ ५३ पैसा, मूल्य आम्दानी
अनुपात १३.४६ गुणा, प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ४६ पैसा छ
।
Thursday, July 26, 2018
'मेरो सेयर'मा लाभांश विवरण पनि हेर्न पाइने !
सिडिएससीले 'मेरो सेयर' मार्फत नै लाभांशको
रेकर्ड हेर्न सकिने व्यवस्थाको तयारी गरेको छ । निकट भविष्यमै 'मेरो सेयर'मा सूचिकृत कम्पनीहरुले दिने लाभांशको पूर्ण विवरण
समेत लगानीकर्ताले हेर्न पाउने गरी नयाँ फिचर थप्न लागेको हो। मेरो सेयर'मा आबद्ध लगानीकर्ताले
पनि आफूले लगानी गरेको कम्पनीले दिएको लाभांशको सम्पूर्ण विवरण हेर्न पाउने गरी नयाँ फिचर थपिन लागेको हो । नयाँ फिचर थपिएपछि ‘लगानीकर्ताले लाभांशदेखि त्यो जम्मा भएको मिति, लाभांश परिमाण लगायतको बिषय मेरो सेयरमा हेर्न सकिनेछ
। 'मेरो सेयर'को मोवाइल एप्स निर्माण भइरहेको छ भने
लाभांश रेकर्ड सेवाको साथमा डाटा फिल्टरिङ(केवाइसी
अपडेट)को काम तथा अन्य लगानीकर्तामैत्री विशेषताहरु थपगर्ने योजना समेत रहेको छ ।
आँखु खोला हाइड्रो पावर कम्पनीको आईपिओ साउन १७ गतेदेखि
आँखु खोला हाइड्रो पावर कम्पनीले आयोजना प्रभावित स्थानीयहरूलाई साउन १७
गतेदेखि साधारण शेयर (आर्इपिओ) बिक्री गर्ने भएको छ । कम्पनीले धादिङ्गका स्थानीय
बासिन्दाका लागि ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आइपिओको निष्काशन गर्न
लागेको हो ।स्थानीयहरुले साउन १७ गतेदेखि छिटोमा साउने ३१ गतेसम्म तथा ढिलोमा भदौ १५ गतेसम्म
आवेदन दिन सक्ने छन। लगानीकर्ताले न्युनतम ५० कित्ता र अधिकतम ४ हजार कित्ता सम्मका लागि आवेदन
दिन सक्ने छन् । धादिङमा रहेका मुक्तिनाथ
विकास बैंक,
सिभिल बैंक र
प्रभु बैंकका शाखा कार्यालय मार्फत आवेदन दिन सकिने छ । साथै आँखु खोला हाइड्रो पावर
कम्पनीको आयोजना स्थलको कार्यालय त्रिपुरासुन्दरी गाँउपालिका ४ रिङनेबजारमा पनि
आवेदन दिन सकिने बिक्रि प्रबन्धक सिभिल
क्यापिटल मार्केटले जनाएको छ । इक्रा नेपालले आँखु खोला
जलविद्युत कम्पनी लिमीटेडको आर्इपिओ
ग्रेड फाइभको ग्रेडिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको अवस्था औसत भन्दा कमजोर
रहेको जनाउँछ ।कम्पनीले स्थानीयलाई शेयर बिक्री गरेपछि आम सर्वसाधारणका लागि १२
करोड बराबरको १२ लाख कित्ता आर्इपिओ जारी गर्नेछ ।
Wednesday, July 11, 2018
एनएमबी बैंकले १५% बोनस दिने, एफपीओ भर्नेले पनि पाउने
एनएमबी बैंकले १५% बोनस शेयर दिने भएको छ । बैंकले हाल बिक्री गरिरहेको एफपीओपछि
कायम हुने चुक्ता पुँजी ७ अर्ब ६० करोड ३२ लाख ९० हजार ६३४ रुपैयाँको १५% बोनस शेयर
दिने भएको हो । बैंकले बोनस शेयरमा लाग्ने कर तिर्न ०.७८९% नगद लाभांश पनि दिने
घोषणा गरेको छ । बोनस शेयर पनि दिइसकेपछि एनएमबीको चुक्ता पुँजी ८ अर्ब ७४ करोड ३७
लाख ८४ हजार २२९ रुपैयाँ पुग्नेछ । एनएमबी बैंकले अहिले प्रतिकित्ता ३३३ रुपैयाँ
दरको १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ बिक्री गरिरहेको छ । यसमा
बिहीबारसम्म आवेदन दिन सकिनेछ । मंगलबारसम्मको तथ्याङ्क हेर्दा यो बैंकको एफपीओ
अन्डरराइटरले सकार्नुपर्ने देखिन्छ । अझै ३५ लाख भन्दा बढी कित्तामा आवेदन पर्न
बाँकी नै छ ।
Subscribe to:
Comments (Atom)
स्वरोजगार लघुवित्तले २०% बोनस सेयर दिने
स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमीटेडले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । कम्पनीको साउन ३१ गते बसेको १७१ औ...
-
माथिल्लो तामाकोशी जलविद्युत कम्पनीले दोलखाका स्थानीय बासिन्दाका लागि आज बुधबार (साउन १६ गते) देखि आइपीओ खुला गरेको छ । दोलखाबासीले ...
-
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको थप सार्वजनिक निष्काशन (एफपिओ) साउन १५ गतेदेखि बिक्रीमा खुल्ला भएको छ । बैंकले प्रतिकित्ता एक सय रुपै...
-
सिडिएससीले ' मेरो सेयर ' मार्फत नै लाभांशको रेकर्ड हेर्न सकिने व्यवस्थाको तयारी गरेको छ । निकट भविष्यमै ' मेरो सेयर ' म...
