Wednesday, July 11, 2018

एनएमबी बैंकले १५% बोनस दिने, एफपीओ भर्नेले पनि पाउने


एनएमबी बैंकले १५% बोनस शेयर दिने भएको छ । बैंकले हाल बिक्री गरिरहेको एफपीओपछि कायम हुने चुक्ता पुँजी ७ अर्ब ६० करोड ३२ लाख ९० हजार ६३४ रुपैयाँको १५% बोनस शेयर दिने भएको हो । बैंकले बोनस शेयरमा लाग्ने कर तिर्न ०.७८९% नगद लाभांश पनि दिने घोषणा गरेको छ । बोनस शेयर पनि दिइसकेपछि एनएमबीको चुक्ता पुँजी ८ अर्ब ७४ करोड ३७ लाख ८४ हजार २२९ रुपैयाँ पुग्नेछ । एनएमबी बैंकले अहिले प्रतिकित्ता ३३३ रुपैयाँ दरको १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ बिक्री गरिरहेको छ । यसमा बिहीबारसम्म आवेदन दिन सकिनेछ । मंगलबारसम्मको तथ्याङ्क हेर्दा यो बैंकको एफपीओ अन्डरराइटरले सकार्नुपर्ने देखिन्छ । अझै ३५ लाख भन्दा बढी कित्तामा आवेदन पर्न बाँकी नै छ ।

No comments:

Post a Comment

स्वरोजगार लघुवित्तले २०% बोनस सेयर दिने

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमीटेडले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ ।   कम्पनीको साउन ३१ गते बसेको १७१ औ...