सूर्या लाइफ इन्सुरेन्सको १२% बोनस
शेयरमा मूल्य समायोजन भएको छ । बोनस समायोजनपछि कम्पनीको शेयर मूल्य प्रतिकित्ता
५८०.३६ रुपैयाँ कायम भएको छ । आइताबार सूर्या लाइफ इन्सुरेन्सको शेयर कारोबार यही
मूल्यलाई आधर मानेर खुलेको छ । यसको औसत आधार मूल्य भने ७२७.२१ रुपैयाँ छ । सूर्या
लाइफ इन्सुरेन्सको असार ३२ गते साधारण सभा गर्दैछ । यसका लागि आइतबार बुक क्लोज
गरेको हो । सभामा हालै बिक्री गरिएको ४०% हकप्रद भर्नेले पनि पाउने गरी १२% बोनस शेयर
र कर तिर्न ०.६३% नगद लाभांश दिने प्रस्ताव लगिनेछ। यसैगरी, १२% बोनस
शेयरपछि कायम हुने चुक्ता पुँजी १ अर्ब १३ करोड १९ लाख रुपैयाँको फेरि ७०% हकप्रद
बिक्री गर्ने प्रस्ताव पनि सभाको एजेन्डा बनाइने छ ।चालु आर्थिक वर्षको तेस्रो
त्रैमाससम्म आइपुग्दा सूर्या लाइफले ९ करोड ७७ लाख ५४ हजार रुपैयाँ खुद नाफा
कमाएको छ । यसको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ६ पैसा र प्रतिशेयर नेटवर्थ १५५
रुपैयाँ १६ पैसा रहेको छ ।
Subscribe to:
Post Comments (Atom)
स्वरोजगार लघुवित्तले २०% बोनस सेयर दिने
स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमीटेडले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । कम्पनीको साउन ३१ गते बसेको १७१ औ...
-
माथिल्लो तामाकोशी जलविद्युत कम्पनीले दोलखाका स्थानीय बासिन्दाका लागि आज बुधबार (साउन १६ गते) देखि आइपीओ खुला गरेको छ । दोलखाबासीले ...
-
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको थप सार्वजनिक निष्काशन (एफपिओ) साउन १५ गतेदेखि बिक्रीमा खुल्ला भएको छ । बैंकले प्रतिकित्ता एक सय रुपै...
-
सिडिएससीले ' मेरो सेयर ' मार्फत नै लाभांशको रेकर्ड हेर्न सकिने व्यवस्थाको तयारी गरेको छ । निकट भविष्यमै ' मेरो सेयर ' म...
No comments:
Post a Comment