आरएसडीसी लघुवित्त वित्तिय संस्थाको
आज आइतबार (असार १७ गते) देखि ६०% हकप्रद सेयर बिक्री खुला भएको छ । कम्पनीले ५:३
अनुपातमा २१ लाख ५९ हजार ७०० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । यसमा जेठ
२१ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । हकप्रद भर्ने अन्तिम
म्याद भने साउन २० गते तोकिएको छ । लगानीकर्ताले
बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलको लाजिम्पाट, लगनखेल र
लालदरबार काठमाडौं तथा पोखरा, बुटवल, वीरगञ्ज
र विराटनगरमा रहेका कार्यालयबाट हकप्रद भर्न सक्नेछन् । आरएसडीसीको बुटवल
कालिकानगर कार्यालयबाट पनि हकप्रद भर्न सकिनेछ । यसैगरी, आस्वा
प्रणालीमा सहभागी सबै बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन पाइन्छ ।हाल
आरएसडीसीको चुक्ता पुँजी ३५ करोड ९९ लाख ५० हजार रुपैयाँ रहेको छ । हकप्रदपछि
चुक्ता पुँजी ५७ करोड ५९ लाख २० हजार रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको तेस्रो
त्रैमासमा आरएसडीसीले २ करोड ३० लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
प्रतिसेयर आम्दानी ८ रुपैयाँ ५४ पैसा रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ भने १३२
रुपैयाँ ४१ पैसा छ ।
Subscribe to:
Post Comments (Atom)
स्वरोजगार लघुवित्तले २०% बोनस सेयर दिने
स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमीटेडले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । कम्पनीको साउन ३१ गते बसेको १७१ औ...
-
माथिल्लो तामाकोशी जलविद्युत कम्पनीले दोलखाका स्थानीय बासिन्दाका लागि आज बुधबार (साउन १६ गते) देखि आइपीओ खुला गरेको छ । दोलखाबासीले ...
-
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको थप सार्वजनिक निष्काशन (एफपिओ) साउन १५ गतेदेखि बिक्रीमा खुल्ला भएको छ । बैंकले प्रतिकित्ता एक सय रुपै...
-
सिडिएससीले ' मेरो सेयर ' मार्फत नै लाभांशको रेकर्ड हेर्न सकिने व्यवस्थाको तयारी गरेको छ । निकट भविष्यमै ' मेरो सेयर ' म...

No comments:
Post a Comment