मिर्मिरे माइक्रोफाइनान्स डिभलभमेन्ट बैंकको असार २७ गतेदेखि १००%
हकप्रद शेयर बिक्री खुला भएको छ । कम्पनीले १:१ अनुपातमा ४ लाख ५० हजार कित्ता शेयर निष्कासन गरेको हो । १०० रुपैयाँ अंकित मूल्यको यो
हकप्रद साउन २९ गतेसम्म भर्न सकिनेछ । जेठ १७ गतेसम्म कायम शेयरधनी मात्र हकप्रद
भर्न योग्य हुनेछन् । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाटसहित शाखा
कार्यालयहरु लालदरबार काठमाडौं, लगनखेल ललितपुर, पोखरा, बुटवल, वीरगञ्ज र विराटनगरबाट पनि आवेदन दिन सकिनेछ । यसैगरी, मिर्मिरेको बनेपा सहित अन्य शाखा तथा नेपाल इन्भेष्टमेन्ट बैंकको
विराटनगर, वीरगञ्ज, नेपालगञ्ज, नारायणगढ, बुटवल एवं धनगढी शाखाबाट पनि आवेदन दिन मिल्नेछ । धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा
वित्तीय संस्थाबाट पनि हकप्रद भर्ने सुविधा छ । हाल मिर्मिरेको चुक्ता पुँजी ४
करोड ५० लाख रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि चुक्ता पुँजी ९ करोड रुपैयाँ
पुग्नेछ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले २ करोड १२ लाख १४ हजार
रुपैयाँ खुद नाफा कमाएको छ । मिर्मिरेको प्रतिशेयर आम्दानी ६२ रुपैयाँ ८६ पैसा र
प्रतिशेयर नेटवर्थ २११ रुपैयाँ २८ पैसा छ ।
Subscribe to:
Post Comments (Atom)
स्वरोजगार लघुवित्तले २०% बोनस सेयर दिने
स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमीटेडले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । कम्पनीको साउन ३१ गते बसेको १७१ औ...
-
माथिल्लो तामाकोशी जलविद्युत कम्पनीले दोलखाका स्थानीय बासिन्दाका लागि आज बुधबार (साउन १६ गते) देखि आइपीओ खुला गरेको छ । दोलखाबासीले ...
-
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको थप सार्वजनिक निष्काशन (एफपिओ) साउन १५ गतेदेखि बिक्रीमा खुल्ला भएको छ । बैंकले प्रतिकित्ता एक सय रुपै...
-
सिडिएससीले ' मेरो सेयर ' मार्फत नै लाभांशको रेकर्ड हेर्न सकिने व्यवस्थाको तयारी गरेको छ । निकट भविष्यमै ' मेरो सेयर ' म...

No comments:
Post a Comment