Sunday, June 24, 2018

नाडेप लघुवित्तको आईपीओ खुल्यो



नाडेप लघुवित्त बित्तीय संस्था लिमीटेडले आज असार १० गते देखि ४ लाख ८० हजार कित्ता आइपीओ निश्कासन गरेको छ । नाडेपले १०० रुपैयाँ अंकित मूल्यका कुल ४ करोड ८० लाख बराबरको आइपीओ निश्कासन गरेको हो ।आइपीओमा छिटोमा असार १३ गतेसम्म र ढिलोमा साउन ७ गतेसम्म आवेदन दिन सकिनेछ ।कुल निश्कासन हुने ४ लाख ८० हजार कित्तामध्ये ५ प्रतिशतले हुन आउने २४ हजार कित्ता नाडेपका कर्मचारीका लागि तथा २४ हजार कित्ता नै म्युचुअल फण्डहरुका लागि छुट्याइएको छ । बाँकी ९० प्रतिशत चाहि सर्वसाधारणका लागि छुट्याइएको छ । यो कम्पनीले कुल चुक्तापूँजीको ३० प्रतिशत सेयर सर्वसाधारणमा बिक्री हुन लागेको हो । इच्छुक लगानीकर्ताले न्यूनतम २० कित्तादेखि अधिकतम २४०० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकमा नविल इन्भेष्टमेन्ट बैंकिङ लिमीटेड रहेको छ । इक्रा नेपालले यो कम्पनीको आइपीओलाई ग्रेड फोर प्लसको रेटिङ प्रदान गरेको छ । यसको अर्थ यो कम्पनीको अवस्था औसत आधार भन्दा कमजोर रहेको भन्ने देखाउँछ ।
नाडेपले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ४ करोड ४६ लाख खूद नाफा आर्जन गरेको थियो ।

No comments:

Post a Comment

स्वरोजगार लघुवित्तले २०% बोनस सेयर दिने

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमीटेडले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ ।   कम्पनीको साउन ३१ गते बसेको १७१ औ...