Friday, June 15, 2018

उरूग्वेको इजिप्टमाथि संघर्षपूर्ण जीत


विश्वकप फुटबलको २१ औं संस्करणमा समूह को दोस्रो खेलमा उरुग्वेले इजिप्टविरुद्व एक गोल गर्दै संघर्षपूर्ण जीत निकालेको छ । उरूग्वेको जितमा खेलको ८९ मिनेटमा जोसे मारिया जिमिनेजले निर्णायक गोल गरे।खेलभरी निकै रक्षात्मक खेल पस्केको इजिप्टले कार्लोस सान्चेजको फ्रिकिकमा गिमिनेजले गोल गरेपछि हार व्यहोर्न बाध्य भयो।त्यसअघि उरूग्वेका लुइस सुआरेज र इडिसन काभानी गोल गर्ने केही राम्रा मौका खेर फालेका थिए। खेलको २३ औं मिनेटमा सुआरेजले ६ यार्ड नजिकैबाट गरेको कडा प्रहार गोलपोष्ट बाहिर गएको थियो।


दोस्रो हाफको सुरुमै एडिसन काभानीको पासमा सुआरेजले गरेको अर्को सशक्त प्रहारलाई इजिप्टका गोलकिपर इलसेनवाइले सुन्दर बचाउ गरेका थिए। यस्तै खेलको ७३ औं मिनेटमा सुआरेज बलअघि बढाउँदै गोलपोष्ट नजिक पुगे पनि इलसेनवाइलार्इ रोक्न सफल भए। ८३ औं मिनेटमा भने इडिसन काभानीले सुआरेजले हेडमार्फत उपलब्ध गराएको पासमा गरेको शशक्त प्रहारलार्इ गोलकिपर इलसेनवाइले उत्कृष्ट बचाउ गरेका थिए ।समूह मा रहेको उरूग्वेले यो जितसँगै विश्वकपमा विजयी सुरूवात गरेको छ।चार राष्ट्र सम्मिलित समूह एमा उरूग्वे दोस्रो स्थानमा उक्लिएको छ। यसअघि बिहिबार साउदीलाई हराएको घरेलु टोली रसिया गोल अन्तरका आधारमा समूहको शीर्ष स्थानमा छ ।समूह वी अन्तर्गत दोस्रो खेल मोरक्को र इरानवीच जारी रहेको छ भने तेस्रो खेल नेपाली समय अनुसार पोने बाह्र बजेदेखि स्पेन र पोर्चुगलबीच हुने छ ।

No comments:

Post a Comment

स्वरोजगार लघुवित्तले २०% बोनस सेयर दिने

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमीटेडले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ ।   कम्पनीको साउन ३१ गते बसेको १७१ औ...