Friday, June 15, 2018

विश्वकपमा रुसको शानदार सुरुवात, आज ३ वटा खेल हुँदै



विश्वकप फुटबलको उद्घाटन खेलमा आयोजक राष्ट्र रुसले शानदार सुरुवात गरेको छ । बिहीबार भएको खेलमा रुसले साउदी अरबलाई ५० गोल अन्तरले हराएको हो ।नेपाली समय अनुसार बिहीबार राति पौने ९ बजे सुरु भएको खेलमा रसियालाई जिताउन डेनिस चेरसेबले २ तथा युरी ग्याजिन्स्की, आर्तेन जुबा र अलेक्जेण्डर गोलोविनले १/१ गोल गरे । रसियाले खेलको १२ औं मिनेटमा नै ग्याजिन्स्कीको गोलमा अग्रता लियो । त्यसपछि चेरसेबले ४३ औं मिनेटमा गोल थपेपछि पहिलो हाफमा रसियाले २- ० को अग्रता लियो ।  ७१ औ मिनेटमा जुबाले गोल गरे भने बाँकी २ गोल खेलको इन्जुरी समयमा भयो । इन्जरी समयको पहिलो मिनेटमा नै चेरसेबले गोल गरे भने खेल सकिने केही सेकेण्ड अगाडि गोलोविनले गोल गरे ।


 आज शुक्रबार पनि ३ खेल हुँदैछन् । समूह मा साँझ ५:४५ बजे इजिप्ट र युरुग्वे प्रतिस्पर्धा गर्दैछन् । यसैगरी, समूह बीको पनि २ वटा खेल हुँदैछन् । मोरक्को र इरानको खेल ८:४५ बजे हुनेछ भने राती ११:४५ बजे स्पेन र पोर्चुगल भिड्नेछन् ।

No comments:

Post a Comment

स्वरोजगार लघुवित्तले २०% बोनस सेयर दिने

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमीटेडले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ ।   कम्पनीको साउन ३१ गते बसेको १७१ औ...