Wednesday, June 6, 2018

नारायणगढ-मुग्लिन सडकको सबै खण्डमा कालोपत्रे, चौबिसै घण्टा सवारी सञ्चालन खुला


नारायणघाट मुग्लिङ्ग सडकको सम्पूर्ण खण्ड कालोपत्रेले जोडिएको छ। निर्धारित समयभन्दा १४ महिना ढिला गरी आयोजनाको काम सम्पन्न भएको हो। आयोजनाका सम्पूर्ण सडक कालोपत्रेले जोडिएसँगै बुधबारदेखि सडक खण्ड पूर्ण रूपमा खुला गरिएको छ। नारायणघाट मुग्लिङ्ग सडक आयोजनाले अब बिना कुनै अवरोध २४ सै घण्टा सडकमा यात्रा गर्न सकिने जनाएको छ।

आजदेखि सडक २४ सै घण्टा सञ्चालनमा आउने आयोजनाले जनाएको छ। गएको पुस १८ गतेबाट दैनिक विहान १० देखि ४ बजेसम्म नारायणगढ मुग्लिन सडक खण्डमा यातायातका साधन चलाउन बन्द गरेर काम हुँदै आएको थियो ।

No comments:

Post a Comment

स्वरोजगार लघुवित्तले २०% बोनस सेयर दिने

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमीटेडले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ ।   कम्पनीको साउन ३१ गते बसेको १७१ औ...