एनएमबी बैंकले आज जेठ ३० गतेदेखि
थप सार्वजनिक निष्काशन (एफपिओ) को बिक्री खुला गरेको छ । एफपीओको निश्कासन तथा
बिक्री प्रबन्धकको काम नागरिक लगानीकोषले गर्नेछ । बैंकले एक करोड १४ लाख १५ हजार
१६३ कित्ता एफपिओ बिक्रीमा ल्याएको हो । बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा २३३
रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ३३३ रुपैयाँमा एफपीओ बिक्री गर्न लागेको हो ।
हाल एननएमबीको दोस्रो बजारमा प्रतिकित्ता ३६७ रुपैयाँमा कारोबार भईरहेको छ ।
बैंकको एफपिओमा जेठ ३० गतेदेखि
असार ३ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा आवश्यक आवेदन नपरेमा असार २८
गतेसम्म आवेदन गर्न सकिनेछ । इच्छुक लगानीकर्ताहरुले
न्यूनतम १० कित्ता र अधिकतम ५७ हजार ७० कित्तासम्म धितोपत्र बोर्डबाट स्वीकृत
प्राप्त गरेका सम्पूर्ण सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र
तिनका शाखा कार्यालयबाट आवेदन दिन पाइनेछ । साथै मेरो शेयर प्रयोकर्ताले भने घरमै
बसेर इन्टरनेटको माध्यमबाट आवेदन दिन सक्नेछन् ।एनएमबी बैंकले संस्थापकको ५१ र
सर्बसाधारणको ४९ प्रतिशत हिस्सेदारी कायम गर्न एफपिओ बिक्री गर्न लागेको हो । एफपिओबाट
बैंकले २ अर्ब ६५ करोड रुपैयाँ प्रिमियम संकलन गर्नेछ भने एक अर्ब १४ करोड १५ लाख
रुपैयाँ चुक्ता पूँजी थपिनेछ । हाल बैंकको चुक्ता पूँजी ६ अर्ब ४६ करोड १७ लाख
रुपैयाँ रहेको छ । एफपिओ जारी पश्चात बैंकको चुक्ता पूँजी ७ अर्ब ६० करोड ३२ लाख
नाघ्नेछ । राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पूँजी कायम गर्न बैंकले थप ४०
करोड रुपैयाँ पूँजी विस्तार गर्नेछ ।
यस्तो छ वित्तीय
अवस्था
बैंक अफ दि इयर-२०१७' लगायतका
केही अन्तर्राष्ट्रिय उपाधि पाएर वर्षभरि चर्चामा रहेको एनएमबी बैंक संचालनमा
रहेका वाणिज्य बैंकहरुमध्ये मध्यमस्तरको बैंकको हो । बैंकमा नेदरल्याण्डको एफएमओ
विदेशी साझेदारका रुपमा रहेको छ । जसको प्रगति उत्साहजनक नै छ । गतबर्ष एक अर्ब १५
करोड खुद नाफा कमाएको बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमास अर्थात चैत्रसम्म
एक अर्ब ४१ करोड खुद नाफा कमाएको छ । ६ अर्ब ४६ करोड १७ लाख रुपैयाँ चुक्तापूँजी
भएको बैंकको जगेडा कोषमा पाँच अर्ब ६३ करोड छ । एफपिओ बिक्री पश्चात दुई अर्ब ६५
करोड प्रिमियम संकलन हुनसक्छ । जसले उसको जगेडाकोष अझै मजबुत बन्नेछ । गत
चैत्रसम्म बैंकले ८५ अर्ब २९ करोड निक्षेप संकलन गरेर ७४ अर्ब १ करोड कर्जा
परिचालन गरेको छ । उसको कर्जा पूँजी निक्षेप अनुपात ७५.३३ प्रतिशत, निस्क्रिय
कर्जा अनुपात १.१० प्रतिशत, पूँजी कोष १२.९३ प्रतिशत छ । बैंकको प्रति
शेयर आम्दानी २९ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १८५ रुपैयाँ, ईक्विटीमा
प्रतिफलको अनुपात १७ प्रतिशत छ । मूल्य आम्दानी अनुपात १५.२९ गुणा बढी छ ।

No comments:
Post a Comment