Tuesday, June 12, 2018

बेल्जियमको कोस्टारिकामाथि सहज जित


बेल्जियमले कोस्टारिकामाथि सहज जित हात पारेको छ सोमबार भएको अन्तिम मैत्रीपूर्ण खेलमा बेल्जियमले कोष्टारिकालाई ४१ गोलअन्तरले हराउँदै विश्वकपमा आफ्नो बलियो दाबेदारी प्रस्तुत गरेको हो।  बेल्जियमको जितमा रोमेलु लुकाकुले २, ड्राइज मेर्टेन्स र मिची बाट्शुयायीले समान ११ गोल गरे । त्यस्तै, कोस्टारिकाका लागि ब्रियन रुइजले गोल गरेका थिए ।

खेलको २४ औं मिनेटमा रूइजले गोल गर्दै कोष्टारिकालाई सुरूवाती अग्रता अग्रता दिलाएका थिए । तर खेलको ३१औं मिनेटमा मेर्टेन्सले गोल गर्दै बेल्जियमलाई बराबरीमा ल्याए। खेलको ४२ औं मिनेटमा लुकाकुले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए।  पहिलो हाफमा २१ गोलअन्तरले अघि रहेको बेल्जियमले दोस्रो हाफमा थप दुई गोल गर्‍यो।

खेलको ५० औं मिनेटमा लुकाकुले गोल गर्दै बेल्जियमलाई ३१ गोलअन्तरमा पुर्‍याए । खेलको ६४औं मिनेटमा बाट्शुयायीले गोल गर्दै बेल्जियमलाई ४१ गोलको जित दिलाएका थिए बेल्जियमले असार ४ गते पानामा सँग खेल्दै विश्वकप सुरुवात गर्नेछ। यस्तै कोष्टारिकाले असार ३ गते सर्वियासँग खेल्दै सुरूवात गर्नेछ बेल्जियमको समूहमा ट्विनिसिया र इङ्ल्याण्ड छन् भने कोष्टारिका रहेको समूहमा ब्राजिल, स्विटजरल्याड र सर्बिया छन्

No comments:

Post a Comment

स्वरोजगार लघुवित्तले २०% बोनस सेयर दिने

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमीटेडले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ ।   कम्पनीको साउन ३१ गते बसेको १७१ औ...