एनआइसी
एसिया बैंकले १२ प्रतिशत ब्याज दिने गरी मुद्दति खाता सञ्चालनमा ल्याएको छ। बैंकले
मासिक रुपमा ब्याज भुक्तानी गर्ने गरी धनबर्षा मुद्दति खाता सञ्चालनमा ल्याएको हो।यसअघि
बैंकले मुद्दतिमा ११ प्रतिशत ब्याज दर दिँदै आएको थियो। बैंकरबीच पनि एक बर्षे
मुद्दति खातामा बढीमा ११ प्रतिशत मात्र ब्याज दिने सहमति भएको थियो।
धनबर्षा
मुद्दति खातामा ग्राहकको आकर्षण बढेका कारण उत्साहित भएर पुन खाता सञ्चालनमा
ल्याएको बैंकले जनाएको छ। नयाँ खाता बैंकको जुनसुकै शाखा कार्यालयबाट खोल्न सकिने
छ। खातामा जम्मा भएको रकममध्ये ८० प्रतिशत ऋणका रुपमा प्रयोग
गर्न सकिने सुविधा नयाँ खातामा रहेको बैंकले विज्ञप्तिमा जनाएको छ। बैंकका २१८ वटा
शाखा कार्यालय छन्। बैंकका २१० वटा एटिएम छन्।
No comments:
Post a Comment