Thursday, June 7, 2018

लुम्बिनी विकास बैंकको जेठ २५ गते देखि सेयर लिलामी खुल्दै


लुम्बिनी  विकास बैंकले जेठ २५ गते देखि ३ लाख ६४ हजार ८३६.४४ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गर्दैछ । बैंकले यसअघि वैशाख २ देखि ९ गतेसम्म पनि ३ लाख ७९ हजार ८३६ कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला गरेको थियो । तर, त्यस अवधिमा संस्थापक समूहबाट सबै सेयरका लागि आवेदन नपरेपछि फेरि लिलामी गर्न लागेको हो । यसपटक यो संस्थापक सेयरमा सर्वसाधारणले पनि आवेदन दिन सक्नेछन् ।लिलामी भर्ने अन्तिम समय असार ८ गतेसम्म हुनेछ । यसमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्र पेश गर्नुपर्नेछ ।
न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले बिक्री प्रबन्धक भिबोर क्यापिटल ट्रेड टावर थापाथली, काठमाडौंबाट बोलपत्र फारम भर्न र बुझाउन सक्नेछन् ।
हाल यस बैंकको चुक्ता पुँजी २ अर्ब १४ करोड ९६ लाख ३४ हजार रुपैयाँ छ । लिलामी सेयर बिक्रीपछि चुक्ता पुँजी २ अर्ब २० करोड ९७ लाख ६६ हजार रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षका तेस्रो त्रैमासमा यस बैंकले १८ करोड ४४ लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।प्रतिसेयर आम्दानी ११ रुपैयाँ ४४ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ ६१ पैसा छ । 

No comments:

Post a Comment

स्वरोजगार लघुवित्तले २०% बोनस सेयर दिने

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमीटेडले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ ।   कम्पनीको साउन ३१ गते बसेको १७१ औ...