Wednesday, June 6, 2018

सूर्या लाईफ इन्स्योरन्स कम्पनीद्वरा १२ प्रतिशत बोनस प्रस्ताव


सूर्या लाईफ इन्स्योरन्स कम्पनीले ४० प्रतिशत हकप्रद समेतले पाउने गरी गत आर्थिक बर्षको नाफाबाट १२ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको छ । इन्स्योरन्स कम्पनीले १२ करोड १२ लाख ७५ हजार रुपैयाँको बोनस वितरण गर्ने भएको हो । त्यसैगरि बोनसमा लाग्ने कर प्रयोजनका लागि ६३ लाख ८२ हजार ८९५ रुपैयाँ नगद लाभांश समेत प्रस्ताव गरेको छ । हाल इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी ७२ करोड १८ लाख ७५ हजार रुपैयाँ रहेको छ । १२ प्रतिशत बोनस सेयर र ४० प्रतिशत हकप्रद पूँजीकरण गर्दा इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब १३ करोड १९ लाख रुपैयाँ पुग्नेछ ।चालु आर्थिक बर्षको तेश्रो त्रैमासमा इन्स्योरेन्सले ९ करोड ७७ लाख ५४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेर प्रतिसेयर आम्दानी १८ रुपैयाँ ६ पैसा कायम गरेको छ ।

No comments:

Post a Comment

स्वरोजगार लघुवित्तले २०% बोनस सेयर दिने

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमीटेडले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ ।   कम्पनीको साउन ३१ गते बसेको १७१ औ...