नेपाल बैंक लिमिटेडले असार १५ गतेदेखि थप सार्वजनिक निष्काशन (एफपीओ) निष्कासन गर्ने भएको छ। बैंकले छिटोमा असार
१९ गतेसम्म र ढिलोमा साउन १३ गतेसम्म बैंकले सिद्धार्थ क्यापिटल मार्फत एक सय
रुपैयाँ फेस भ्यालूमा १८० रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता २८० रुपैयाँमा एक
करोड ७६ लाख ८४ हजार ८८५ कित्ता एफपीओ निष्कासन गर्नेछ। एफपीओमा
पहिलो दिन देखिनै संगठित संस्थाले आवेदन दिने पाउने बैंकले जनाएको छ। न्युनतम १०
कित्ता र अधिकतम नेपाल राष्ट्र बैंकले तोकेको सीमा ननाघ्ने गरी आवदेन दिन पाउने
बैंकले जनाएको छ।नेपाल राष्ट्र बैंकको नियम अनुसार आवेदकले अधिकतम १५ प्रतिशत
ननाघ्ने गरी आवेदन दिन पाउने छन्।यस भन्दा अगाडि सार्वजनिक शेयर निष्कासन हुँदा
पहिलो चरणमा शेयर बिक्री नभएमा मात्रै संघठित संस्थाले शेयर खरिद गर्न पाउने
व्यवस्था भएकोमा धितोपत्र बोर्डले असार ५ गते धितोपत्र निष्कासन तथा बाँडफाँड
निर्देशिका संशोधन गरी संघठित संस्थाले सुरु देखिनै शेयर आवदेन दिन पाउने व्यवस्था
गरेको हो।बुटवल पावर र एनएमबी बैंकले शेयर निष्कासन गर्दा बिक्री नभएको नजिरलार्इ
मध्यनजगर गर्दै धितोपत्र बोर्डले निर्देशिका नै संशोधन गरेको हो।निर्देशिकामा
अधिकतम कित्ता कतिसम्म तोक्ने भन्ने अधिकार स्वयं कम्पनीलार्इ नै दिएको थियो।बैंकले
एफपीओ निष्कासन गरेसँगै संस्थापक शेयरधनी नेपाल सरकारको ५१ प्रतिशत अर्थात ५ अर्ब
रुपैयाँ र सर्वसधारणको ४९ प्रतिशत अर्थात ४ अर्ब ८० करोड रुपैयाँ गरि ९ अर्ब ८१
करोड रुपैया पुग्नेछ। विगत तीन वर्षको नेटवर्थमा औसत प्रतिफल २७.६ प्रतिशत रहेको
छ। बैंकको क्रेडिट रेटिङ "केयर-एनपि आइपिओ ग्रेड ३ प्लस" रहेको छ। यस
रेटिङले संस्थाको अवस्था औसत आधार राम्रो रहेको देखाउँछ। बैंकले एफपीओ निष्कासन
गर्नुपर्ने प्रमुख कारण नेपाल सरकारको स्वामित्व घटाउने रहेको छ। बैंकले एफपीओ
मार्फत ४ अर्ब ९५ करोड रुपैयाँ उठाउनेछ। जसमा एक अर्ब ७६ करोड रुपैयाँ पूँजीको
रुपमा रहनेछ भने जगेडा कोषमा तीन अर्ब १८ करोड रुपैयाँ जम्मा हुनेछ।
बैंकले जारी गर्न लागेको एफपीओमा ८
मर्चेन्ट बैंकले प्रत्याभूति गरेका छन् ।जसमध्ये सीबिआईएल क्यापिटलले सबैभन्दा
धेरै एक अर्ब १५ करोड ३८ लाख, ग्लोबल आईएमई क्यापिटलले एक अर्ब
१३ करोड ४० लाख, एनआईबीएल एस क्यापिटलले ८९ करोड ९७ लाख, सिभिल
क्यापिटलले ४५ करोड, लक्ष्मी क्यापिटल मार्केट्सले ४५ करोड, सनराइज
क्यापिटलले ३६ करोड, सानिमा क्यापिटलले २७ करोड र नेपाल एसबीआई
मर्चेन्ट बैंकिङ्ग लिमिटेडले २३ करोड ४० लाख रुपैयाँ बराबरको एफपीओ प्रत्याभूति
गरेका छन् ।

No comments:
Post a Comment