Friday, June 15, 2018

नाडेप लघुवित्तको ४ लाख ८० हजार कित्ता आईपीओ निष्काशन असार १० गतेबाट



नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले ४ लाख ८० हजार कित्ता शेयरको आईपीओ जारी गरेको छ । यो संस्थाले प्रति शेयर १ सय रुपैयाँका दरले जारी गरेको यो शेयरमध्ये ५ प्रतिशत अर्थात २४ सय कित्ता साधारण शेयर कम्पनीका कर्मचारीको लागि सुरक्षित गरेको छ । अर्को ५ प्रतिशत अर्थात २४ सय कित्ता शेयर नै सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी रहेको ९० प्रतिशत अर्थात ४ लाख ३२ हजार कित्ता शेयरको सर्वसाधारणका लागि निष्काशन गरेको छ ।प्रति कित्ता सय रुपैयाँ दरका यो शेयरका लागि कम्तिमा २० देखि बढीमा २४ सय कित्तासम्म आवेदन दिन पाइने छ ।

यो कम्पनीको शेयर आवेदनका निम्ति यही असार १० गतेबाट छिटोमा असार १३ र ढिलोमा साउन ७ गतेसम्मको समय दिइएको छ । यो वित्तीय संस्थाको शेयर आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेको सबै सीआस्वा सदस्य तथा बैंक र तिनका शाखाबाट दिन सकिने छ ।आईपीओ निष्कासनपछि संस्थाको चुक्तापूँजी १६ करोड रुपैयाँ पुग्ने छ । यो कम्पनीले गत आवमा ८ करोड नाफा गरेको थियो । चालू आवमा १४ करोड५६ लाख नाफा गर्ने भएको छ भने आगामी वर्ष २० करोड ८२ लाखको लक्ष्य अगाडि सारेको छ । यसको बिक्री प्रवन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड हो ।

No comments:

Post a Comment

स्वरोजगार लघुवित्तले २०% बोनस सेयर दिने

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमीटेडले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ ।   कम्पनीको साउन ३१ गते बसेको १७१ औ...