जेबिल्स
फाइनान्स लिमिटेडले २३ लाख ११ हजार ६५० कित्ता हकप्रद शेयरको निष्कासन गरेको छ । उक्त
हकप्रद शेयरको आगामी असार १० गतेदेखि साउन १३ गतेभित्रै आवेदन दिनुपर्ने छ ।
जेबिल्स फाइनान्सले यही जेठ २२ गतेसम्म कारोबार गरेका शेयरधनीका लागि हकप्रद
निष्काशन गरेको हो । यो जेबिल्स फाइनान्सले १० कित्ता बराबर ४ कित्ता अर्थात १०:४
को अनुपातमा हकप्रद दिन लागेको हो । यो फाइनान्सले हाल २८ करोड ८९ लाख ५६ हजार २५०
रुपैयाँको चुक्त पुँजी बढाउन हकप्रद जारी गरेका हो ।
जेबिल्स
फाइनान्स धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक सनराईज क्यापिटल लिमिटेड हो । हकप्रद
शेयरको आवेदन बुझाउन सनराईज क्यापिटल लिमिटेड कमलपोखरी, जेविल्स
फाइनान्स, सनराईज बैंकका उपत्यका बाहिरका शाखा विराटनगर, पोखरा, विरगन्ज, विटवल र
धनगढी तथा सी आश्वा प्रणाली लागू भएका सबै वित्तीय संस्था र तीनको शाखाबाट आवेदन
बुझाउन सकिने छ ।
No comments:
Post a Comment