Tuesday, June 5, 2018

राधी विद्युत कम्पनीको १०% बोनस सेयर प्रस्ताव¸ असार २४ मा एजीएम


राधी विद्युत कम्पनीले १०% बोनस सेयर र यसमा लाग्ने कर तिर्न ०.६% नगद लाभांश दिने भएको छ । कम्पनीले बोनस सम्बन्धी प्रस्ताव असार २४ गते हुने वार्षिक साधारण सभामा पेश गर्नेछ । कम्पनीको जारी पुँजी ४१ करोड रुपैयाँबाट वृद्धि गरी १ अर्ब २० करोड रुपैयाँ पुर्याउने प्रस्ताव पनि सभाको एजेन्डा हुनेछ ।

साधारण सभाका लागि राधी विद्युत कम्पनीले असार ५ देखि २४ गतेसम्म बुक क्लोज गर्ने भएको छ । असार ४ गतेसम्म कायम सेयरधनीमात्र कम्पनीले दिने लाभांशको हकदार हुनेछन् । सभा अमृतभोग क्याटरिङ कालिकास्थान, काठमाडौंमा बिहान ११ः३० बजे सुरु हुनेछ । राधीको चुक्ता पुँजी ४१ करोड रुपैयाँ छ । कम्पनीले यही पुँजीको १०% बोनस सेयर दिन लागेको हो । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार यसको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ७७ पैसा र प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ७२ पैसा रहेको छ ।

No comments:

Post a Comment

स्वरोजगार लघुवित्तले २०% बोनस सेयर दिने

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमीटेडले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ ।   कम्पनीको साउन ३१ गते बसेको १७१ औ...