Saturday, June 16, 2018

पेनाल्टीमा चुके मेस्सी, आइसल्याण्डसँग बराबरीमा रोकियो अर्जेन्टिना


लिओनल मेस्सी पेनाल्टीमा चुक्दा आइसल्याण्डले विश्वको डेब्यू खेलमै अर्जेन्टिनालाई बराबरीमा रोकेको छ ।आज सनिबार भएको समूह डीको पहिलो खेलमा अर्जेन्टिना र आइसल्याण्डले १-१ को बराबरी खेल्दै अंक बाँडेका हुन् ।विश्वकपमा डेब्यू गर्दा पनि आइसल्याण्डले आफ्नो पुरानै शैलीको खेललाई निरन्तरता दिएको छ ।खेलमा अग्रता भने अर्जेन्टिनाले लिएको थियो । १९ औं मिनेटमा सर्जिओ एग्युरोले गोल गरेका थिए । तर, चार मिनेटपछि नै आइसल्याण्डले बराबरी गोल फर्काएको थियो।

अल्फ्रेड फिनबोगसन विश्वकपमा गोल गर्ने पहिलो आइसल्याण्डका फुटबलर बनेका छन् ।दोस्रो हाफमा सर्जिओ एग्युरोलाई लडाएपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो तर, मेस्सी गोल गर्न चुके । पाँच पटकका बालोन डिओर विजेता मेस्सीको पेनाल्टीलाई हृयाण्ड्स हालडोसनले सहजै रोकिदिएका छन् । विश्वकपको उपाधी दाबेदार मानिएको साबिक उपविजेता अर्जेन्टिनालाई आइसल्याण्डले ११ गोलको बराबरीमा रोकेको हो । धेरैले अर्जेन्टिनाको लागि सहज जीत हुने अनुमान गरिएपनि आइसल्यान्डका खेलाडीले अर्जेन्टिनी आक्रमणलाई निरन्तर असफल पारेका थिए।

No comments:

Post a Comment

स्वरोजगार लघुवित्तले २०% बोनस सेयर दिने

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमीटेडले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ ।   कम्पनीको साउन ३१ गते बसेको १७१ औ...