Wednesday, June 6, 2018

पौने २ घण्टा कारोबार हुँदा बजार दोहोरो अंकले उक्लियो


शेयर लगानीकर्ता संघले हकप्रद र बोनस शेयरमा घाटा लाग्दा समेत लाभकर तिर्नुपर्ने भन्ने आशयको आन्तरिक राजश्व विभागको परिपत्र विरुद्ध आन्दोलनले २ दिनदेखि कारोबार ठप्प रहेको शेयर बजार आन्तरिक राजश्व विभागको निर्णय स्थगनसंगै खुलेको बजार निरन्तर उकालो लाग्ने क्रममा २७ अंकसम्मको सुधार आएको बजार क्रमिक रुपमा सुस्त हुँदै झण्डै १३.९१ अंकको सुधार सहित बन्द भएको छ । । पौने २ घण्टा भएको कारोबारमा १ सय ३८ कम्पनीका ४ लाख ९७ हजार ५९२ कित्ता शेयरहरु २३ करोड ८९ लाख ३ हजार रुपैंयामा किनबेच भएका छन् । अन्य समुह ओरालो लागेको बजारमा सबै समुह उकालो लागेका छन् । वाणिज्य बैंक समुहमा ११.४१ अंकले सुधार आएको बजारमा होटल समुहमा ३०.०३ अंकको सुधार आएको छ त्यसैगरी विकास बैंकमा १६.२४ अंकको सुधार आएको छ भने जलविद्युत समुह २४.५३ अंकले उकालो लागेको छ ।बीमामा १४४.९९ अंकको सुधार आएको बजारमा लघुवित्त समुह ३४.९८ अंकले बढेको छ । त्यसैगरी उत्पादनमा २२.०१ अंकको सुधार आएको बजारमा उत्पादन समुह ०.१६ अंकले बढेको छ ।

इन्भेष्टमेण्ट बैंकको संस्थापक शेयरको अधिक कारोबार भएको बजारमा मेगा बैंक, प्रिमियर इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, नेपाल लाइफ लगायत कम्पनीको अधिक शेयर कारोबार भएको छ । शेयरमूल्य धेरै बढ्ने कम्पनीहरुमा भने साना तथा मझौला कम्पनीहरु परेका छन् । नागबेली लघुवित्त, खानीखोला हाइड्रो, आरएसडिसी लघुवित्त लगायत कम्पनीको शेयरमूल्य धेरै बढेको बजारमा धेरै शेयरमूल्य घट्नेमा साना तथा मझौला कम्पनीको वर्चस्व छ ।

No comments:

Post a Comment

स्वरोजगार लघुवित्तले २०% बोनस सेयर दिने

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमीटेडले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ ।   कम्पनीको साउन ३१ गते बसेको १७१ औ...