Tuesday, June 5, 2018

सिभिल बैंकद्वारा १०.२५% बोनस प्रस्ताव

सिभिल बैंकले १०.२५% बोनस सेयर दिने भएको छ । बैंकले गत मंसिरमा निष्कासन गरेको ४०% हकप्रदपछि कायम ७ अर्ब २५ करोड ९३ लाख १० हजार ३८१.८० रुपैयाँ चुक्ता पुँजीको १०.२५% बोनस दिने निर्णय गरेको हो । बैंकले बोनस सेयरमा लाग्ने कर तिर्न ०.५४% नगद लाभांश पनि दिइने जनाएको छ । बोनस वितरणपछि सिभिलको चुक्ता पुँजी ८ अर्ब ३३ लाख ८९ हजार ६७३.८८ रुपैयाँ पुग्नेछ ।

बोनस तथा नगद लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि वितरण हुनेछ । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३५ करोड ५४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी ८ रुपैयाँ ९१ पैसा रहेको यस बैंकको प्रतिसेयर नेटवर्थ १६७ रुपैयाँ २४ पैसा छ ।

No comments:

Post a Comment

स्वरोजगार लघुवित्तले २०% बोनस सेयर दिने

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमीटेडले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ ।   कम्पनीको साउन ३१ गते बसेको १७१ औ...