शेयर ब्रोकरहरुले समेत लगानीकर्ताको आन्दोलनमा साथ
दिएपछि मंगलबार बजार खुले पनि शेयर कारोबार हुन सकेको छैन । सोमबारदेखि शेयर लगानीकर्ता संघले
हकप्रद र बोनस शेयरमा घाटा लाग्दा समेत लाभकर तिर्नुपर्ने भन्ने आशयको
आन्तरिक राजश्वको परिपत्र विरुद्ध आन्दोलन थालेका थिए । सोमबार ब्रोकरहरुले लगानीकर्ता संघ
संगठनहरुको आह्वान विपरीत शेयर खरीद तथा बिक्रीमा सहयोग गरेका थिए । ब्रोकरहरुले पूर्ण
असहयोग गरे पछि लगानीकर्ताहरुले
समेत उनीहरुलाई सम्बन्ध तोडिदिने चेतावनी दिएका थिए ।
ब्रोकरहरुले विगतमा भ्याट खारेजीका लागि
गरेको आन्दोलनमा लगानीकर्ताहरुले साथ नदिएको बदला सोमबार लिएका
लगानीकर्ताका नेताहरुको निश्कर्ष थियो । यही निश्कर्ष सहित
लगानीकर्ताहरुले आन्दोलनमा साथ नदिए र असहयोग गरे प्रत्येक ब्रोकर अफिसमा तोडफोड
हुनसक्ने र त्यसको क्षतिपूर्ति सम्बन्धित ब्रोकरले नै व्यहोर्नुपर्ने चेतावनी
समेत दिएका थिए । लगानीकर्ता संघ संगठनले आन्दोलनको स्वरुपलाई केही फरक बनाई
प्रत्येक ब्रोकर अफिसमा लगानीकर्तालाई कारोबार रोक्ने निर्देशन सहित तैनाथ
गरेका थिए । ५० ब्रोकरमध्ये अधिकांशले पटक
पटकको वार्ता र छलफलपछि मंगलबार बिहानसम्म आन्दोलनमा सहयोग गर्ने वचन दिएका थिए । केही
ब्रोकरले भने खरीद बिक्रीको आदेश उठाउने र कारोबार गर्ने भनेका थिए । तर, तिनीहरुलाई
समेत लगानीकर्ताले चेतावनी दिएपछि बजारमा कारोबार ठप्प भएको हो ।
No comments:
Post a Comment