Sunday, June 17, 2018

नेपाल बैंकले पायो एफपीओ निश्कासनको अनुमति, यही साताभित्र एफपीओ आउने


धितोपत्र बोर्डले नेपाल बैंकलाई ४ अर्ब ९५ करोड १७ लाख ६० हजार २४० रुपैयाँ बराबरको १ करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपीओ बिक्री गर्न अनुमति दिएको छ । बैंकले फेस भ्यालु १०० रुपैयाँमा १८० रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता २८० रुपैयाँ दरमा एफपीओ बिक्री खुला गर्ने भएको छ । एफपीओ बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ भने १० वटा क्यापिटलले बैंकले निष्काशन गर्ने एफपिओको प्रत्याभुति गरेका छन् ।सरकारी स्वामित्वको नेपाल बैंकले नेपाल सरकारको हिस्सा ५१% र सर्वसाधारणको ४९% कायम गर्न एफपीओ जारी गर्न लागेको हो । हाल यस बैंकको हाल चुक्ता पूँजी ८ अर्ब ४ करोड रुपैयाँ रहेको छ । एफपिओ निष्काशनपछि बैंकको चुक्ता पूँजी ९ अर्ब ८१ करोड पुग्नेछ र साढे ३ अर्बभन्दा बढी प्रिमियम रकम जगेडा कोषमा थपिनेछ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नेपाल बैंकले २ अर्ब ५६ करोड ७७ लाख २८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी ४२ रुपैयाँ ५७ पैसा रहेको यस बैकको प्रतिसेयर नेटवर्थ १७४ रुपैयाँ ३१ पैसा छ ।


बैंकहरुमा उच्च व्याजदरमा निक्षेप तानातानको होड चलिरहेको र एनएमबी बैंकको ३ अर्ब ६४ करोड १७ लाख रुपैयाँको एफपिओमा ज्यादै न्युन मात्रामा आवेदन परिहेका बेला नेपाल बैंकको एफपिओको अवस्था के होला भन्ने सबैको चासो बढेको छ । 

No comments:

Post a Comment

स्वरोजगार लघुवित्तले २०% बोनस सेयर दिने

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमीटेडले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ ।   कम्पनीको साउन ३१ गते बसेको १७१ औ...