Wednesday, June 6, 2018

शेयर लगानीकर्ता र अर्थमन्त्रालयबीच वार्ता हुँदै


बोनस र हकप्रद शेयरको अंकित मूल्यलाई आधार मानेर पुँजीगत कर उठाउने निर्णय  विरुद्ध कारोबार ठप्प पारी आन्दोलनमा रहेका शेयर लगानीकर्ताहरु सरकारले वार्तामा बोलाएपछि अर्थमन्त्रालय पुगेका छन् । तीन दिनदेखि कारोबार रोकेर आन्दोलनमा उत्रिएका लगानीकर्ता र सरकाबीच दोस्रो पटक वार्तामा बसेका हुन् ।

सोमवार पनि आन्दोलनरत लगानीकर्ता र अर्थमन्त्रालयबीच वार्ता भएपनि विना निष्कर्ष टुङ्एिको थियो । वार्तामा नेपाल इन्भेष्टर्स फोरम, शेयर लगानीकर्ता संघ र पूँजीबजार लगानीकर्ता संघका प्रतिनिधिहरु सहभागी भएका छन् । अर्थमन्त्रालयको तर्फबाट अर्थ सचिव राजन खनाल, राजश्व सचिव शिशिर ढुङाना तथा लाभकर बारे अध्ययन गर्न गठित कार्यदलका संयोजक सह सचिव उत्तम कुमार खत्री लगायत सहभागी रहेका छन् ।

No comments:

Post a Comment

स्वरोजगार लघुवित्तले २०% बोनस सेयर दिने

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमीटेडले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ ।   कम्पनीको साउन ३१ गते बसेको १७१ औ...