फर्स्ट माइक्रोफाइनान्स लघुवित्त
वित्तीय संस्थाले आज देखि सर्वसाधारण समूहको २६ हजार ८८४ कित्ता सेयर लिलामी खुला
गरेको छ । यसमा न्यूनतम १०० रुपैयाँ वा यस भन्दा बढी मूल्य कबोल गरी बोलपत्र पेश
गर्न सकिनेछ । न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन पाइन्छ
। नेप्सेमा फर्स्टको सोमबारको क्लोजिङ भाउ प्रतिकित्ता ५६८
रुपैयाँ छ ।
लिलामीको बोलपत्र पेश गर्ने अन्तिम
म्याद जेठ ३० गते तोकिएको छ । फर्स्टले फागुन १८ गतेदेखि चैत २३ गतेसम्म ५०%
हकप्रद निष्कासन गर्दा नबिकेको सेयर अहिले लिलामीमा ल्याएको हो । लगानीकर्ताले
बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल, राष्ट्रिय नाचघर, जमल
काठमाडौंबाट आवेदन दिन सक्नेछन् । त्यसैगरी, ग्लोबल आइएमई
बैंकको वीरगञ्ज, बनेपा, हेटौडा, पोखरा, बुटवल र
विराटनगर शाखाबाट पनि आवेदन दिन सकिनेछ । नेपालगञ्ज, सुर्खेत र धनगढी
शाखाबाट पनि यो लिलामीमा आवेदन दिन सकिनेछ ।
हाल फर्स्टको चुक्ता पुँजी ५६ करोड
७७ लाख ८५ हजार रुपैयाँ रहेको छ । बाँकी रहेको सेयर लिलामी गरेपछि भने चुक्ता
पुँजी ६८ करोड ४३ लाख ९३ हजार ८०० रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको तेस्रो
त्रैमासमा फर्स्टले ७ करोड ३० लाख ७३ हजार खुद नाफा कमाएको छ ।
No comments:
Post a Comment