सेयर
बजारप्रति अनुदार भनिएका अर्थमन्त्री डा. युवराज खतिवडाको राष्ट्रिय सभा सदस्यमा
दुई वर्षमात्र कार्यकाल कायम हुने भएको छ । आज सोमबार
राष्ट्रिय सभा सदस्यहरुको कार्यकालको चिठ्ठामा अर्थमन्त्री डा. युवराज खतिवडालाई
दुई बर्ष कार्यकाल परेको हो ।प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्री
बनाएपछि खतिवडालार्इ राष्ट्रिय सभा सदस्य बनाएका थिए ।उनी
नेपाल कम्युनिष्ट पार्टीबाट राष्ट्रिय सभा सदस्य हुन्। खतिवडाको
कार्यकाल दुई वर्षमात्र कायम हुने भएपछि सेयर लगानीकर्ता खुसी भएका छन् । सरकारको
सिफारिसमा डा. खतिवडा गत फागुन ८ गते राष्ट्रिय सभा सदस्यमा मनोनित भएका थिए । संविधानको
धारा ८६ को उपधारा (२) को खण्ड (ख) बमोजिम सरकारले खतिवडालाई राष्ट्रिय सभा
सदस्यमा मनोनयन गरेको थियो । राष्ट्रिय सभामा तीन जना सरकारको सिफारिसमा
राष्ट्रपतिबाट मनोनयन गर्ने संवैधानिक व्यवस्था छ । राष्ट्रिय
सभामा मनोनयन भएको समयावधिबाट अब खतिवडाको राष्ट्रिय सभा सदस्यको कार्यकाल २०
महिना रहनेछ । संविधान अनुसार राष्ट्रिय सभाका एक तिहाई सदस्यको संख्या २
वर्ष, अर्को एक तिहाईको ४ वर्ष र बाँकीको ६ वर्ष पदावधि रहने र उक्त
पदावधी गोलाप्रथाबाट टुङ्गो लगाउने व्यवस्था संविधानमा गरिएको छ।
Subscribe to:
Post Comments (Atom)
स्वरोजगार लघुवित्तले २०% बोनस सेयर दिने
स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमीटेडले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । कम्पनीको साउन ३१ गते बसेको १७१ औ...
-
माथिल्लो तामाकोशी जलविद्युत कम्पनीले दोलखाका स्थानीय बासिन्दाका लागि आज बुधबार (साउन १६ गते) देखि आइपीओ खुला गरेको छ । दोलखाबासीले ...
-
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको थप सार्वजनिक निष्काशन (एफपिओ) साउन १५ गतेदेखि बिक्रीमा खुल्ला भएको छ । बैंकले प्रतिकित्ता एक सय रुपै...
-
सिडिएससीले ' मेरो सेयर ' मार्फत नै लाभांशको रेकर्ड हेर्न सकिने व्यवस्थाको तयारी गरेको छ । निकट भविष्यमै ' मेरो सेयर ' म...
No comments:
Post a Comment