स्वरोजगार
लघुवित्त वित्तीय संस्था लिमीटेडले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिने
घोषणा गरेको छ । कम्पनीको साउन ३१ गते बसेको १७१ औं बोर्ड बैठकले सेयरधनीलाई २० प्रतिशत
बोनस सेयर र कर प्रयोजनका लागि १.०५२६ नगद लाभांश वितरणको निर्णय गरेको हो । यो निर्णय नियामक नेपाल
राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएपछि
कार्यान्वयनमा आउनेछ ।
Sunday, August 19, 2018
Wednesday, August 1, 2018
सिटिजन्स बैंकको एफपिओमा पहिलो दिनमै माग भन्दा बढी आवेदन
सिटिजन्स बैंकले साउन १५ देखि १८ गतेसम्म ४ लाख ६३ हजार ८२६ कित्ता
एफपिओ निष्काशन गरेकोमा पहिलो दिनमा नै ७ लाख ८० हजार कित्ताका लागि आवेदन परेको
हो । एफपिओमा मंगलबार १५ गते मात्र
करिब ६ हजार ७०० वटा आवेदन प्राप्त भएको एफपिओ बिक्री प्रबन्धक ग्लोबल आईएमई
क्यापिटलका ललित ढुङ्गानाले जानकारी दिएका छन् ।बैंकले प्रतिकित्ता एक सय रुपैयाँ
अंकित मूल्यमा एक सय रुपैयाँ नै प्रिमियम थपेर प्रतिकित्ता २०० रुपैयाँका दरले
एफपिओ निष्काशन गरेको हो । बैंकको एफपिओमा १८ गतेसम्म आवेदन दिन पाइने हुनाले १०
कित्ता सेयर पनि गोलाप्रथाबाट बाँडफाँड गर्नुपर्ने अवस्था पहिलो दिनको आवेदनबाटै
देखिएको छ । एफपिओ
लगानीकर्ताले न्युनतम ५० कित्ता अर्थात दश हजार रुपैयाँ देखि २३ सय कित्ता अर्थात
चार लाख ६० हजार रुपैयाँ सम्मको आवेदन दिन पाउने व्यवस्था छ ।बैंकको एफपिओ
सर्वसाधारणको लागि भएकोले बैंकका संस्थापक, सञ्चालक तथा प्रबन्ध संचालकहरुले भने आवेदन दिन पाउने छैनन्
। संस्थापक र साधारण सेयर
अनुपात ५१:४९ कायम गर्न बैंकले एफपिओ
निष्काशन गर्न गरेको हो । हाल बैंकमा संस्थापकको ५१.२९ प्रतिशत तथा साधारण सेयरको
४८.७१ प्रतिशत सेयर अनुपात रहेको छ ।एफपिओ पछि बैंकको चुक्ता पूँजीमा ४ करोड ६३
लाख रुपैयाँ थपिनेछ भने त्यति नै रकम जगेडा कोषमा जम्मा हुनेछ । गत आर्थिक बर्षमा बैंकले
एक अर्ब ४० करोड खुद नाफा गरेको छ । बैंकको प्रतिसेयर आम्दानी वार्षिक १७ रुपैयाँ
५३ पैसा, मूल्य आम्दानी अनुपात
१३.४६ गुणा,
प्रतिसेयर
नेटवर्थ १३४ रुपैयाँ ४६ पैसा रहेकोछ ।
माथिल्लो तामाकोशीको १.०५ अर्बको आइपीओ खुल्यो
माथिल्लो तामाकोशी जलविद्युत
कम्पनीले दोलखाका स्थानीय बासिन्दाका लागि आज बुधबार (साउन १६ गते) देखि आइपीओ
खुला गरेको छ । दोलखाबासीले यो आइपीओ भदौ १४ गतेसम्म भर्न सक्नेछन् ।आयोजना
प्रभावित दोलखाका स्थानीयलाई १० प्रतिशत सेयर छुट्याएको छ ।आयोजनाले स्थानीय
बासिन्दालाई १०० रुपैयाँ अंकित मूल्यको १ करोड ५ लाख ९० हजार कित्ता सेयर बिक्री
खुल गरेको हो । स्थानीयलाई बेचिसकेपछि सर्वसाधारणमा खुला हुनेछ । यस आइपीओमा
काठमाडौंबाट पनि आवेदन दिन मिल्नेछ । विदेशबाट समेत भर्न सकिने व्यवस्था छ ।
दोलखाबासीलाई
आइपीओ भर्न ३ वर्गमा वर्गीकरण
दोलखाका
स्थानीयलाई पनि ३ वर्गमा वर्गीकरण गरिएको छ । जिल्लाको लामाबगर र गौरिशंकार
गाँउपालिकालाई ‘क’, ट्रान्समिसन लाइन भएको क्षेत्रलाई ‘ख’ र बाँकीलाई
‘ग’ वर्गमा विभाजन गरिएको हो । सोही अनुसार
आवेदन दिन पाइने संख्या निर्धारण गरिएको छ । ‘क’ वर्गमा
पर्नेले हरियो, ‘ख’ वर्गमा पर्नेले निलो र ‘ग’ वर्गमा
पर्ने स्थानीयले कालो फर्म भरेर आवेदन दिनु पर्नेछ ।
काठमाडौं उपत्यकामा बस्नेलाई
१० दिन मात्र म्याद
काठमाडौं उपत्यकामा बस्ने
दोलखालीले भने १० दिनसम्म मात्र आवेदन दिन सक्नेछन् । उपत्यकामा रहेकाले साउन २५
गतेसम्ममा आइपीओका लागि आवेदन दिइसक्नुपर्नेछ ।
Tuesday, July 31, 2018
सिटिजन्स बैंकको एफपिओ खुल्यो, कम्तिमा दश हजारमा आवेदन दिन सकिने
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको
थप सार्वजनिक निष्काशन (एफपिओ) साउन १५ गतेदेखि बिक्रीमा खुल्ला भएको छ । बैंकले प्रतिकित्ता एक सय
रुपैयाँ अंकित मूल्यमा एक सय रुपैयाँ नै प्रिमियम थपेर प्रतिकित्ता २०० रुपैयाँका
दरले एफपिओ (FPO) निष्काशन गरेको छ
।सिटिजन्स बैंकले ४ लाख ६३ हजार ८२६ कित्ता एफपिओ निष्काशन गरेको हो ।बैंकको
एफपिओमा यही साउन १५ देखि छिटोमा १८ गतेसम्म र ढिलोमा भदौ १४ गतेसम्म आवेदन दिन
पाइने छ ।लगानीकर्ताले न्युनतम ५० कित्ता अर्थात दश हजार रुपैयाँ देखि २३ सय
कित्ता अर्थात चार लाख ६० हजार रुपैयाँ सम्मको आवेदन दिन सकिनेछ ।सिटिजन्स बैंकको
एफपिओ सर्वसाधारणको लागि भएकोले बैंकका संस्थापक, सञ्चालक तथा
प्रबन्ध सन्चालकहरुले भने आवेदन दिन पाउने छैनन् ।संस्थापक र साधारण सेयर अनुपात
५१:४९ कायम गर्न बैंकले एफपिओ निष्कासन गर्न लागेको हो । हाल बैंकमा संस्थापकको
५१.२९ प्रतिशत तथा साधारण सेयरको ४८.७१ प्रतिशत सेयर अनुपात रहेको छ ।बैंकको शेयर
निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।एफपिओ पछि
बैंकको चुक्तापूँजीमा ४ करोड ६३ लाख रुपैयाँ थपिनेछ भने त्यति नै रकम जगेडा कोषमा
जम्मा हुनेछ । एफपिओ पश्चात बैंकको चुक्ता पूँजी ८ अर्ब ७ करोड रुपैयाँ पुग्नेछ। सोमबार
दोस्रो बजारमा बैंकको शेयर प्रतिकित्ता २२९ रुपैयाँमा कारोबार भएको थियो । गत
आर्थिक बर्षमा बैंकले एक अर्ब ४० करोड खुद नाफा गरेको छ । बैंकको प्रतिसेयर
आम्दानी वार्षिक १७ रुपैयाँ ५३ पैसा, मूल्य आम्दानी
अनुपात १३.४६ गुणा, प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ४६ पैसा छ
।
Thursday, July 26, 2018
'मेरो सेयर'मा लाभांश विवरण पनि हेर्न पाइने !
सिडिएससीले 'मेरो सेयर' मार्फत नै लाभांशको
रेकर्ड हेर्न सकिने व्यवस्थाको तयारी गरेको छ । निकट भविष्यमै 'मेरो सेयर'मा सूचिकृत कम्पनीहरुले दिने लाभांशको पूर्ण विवरण
समेत लगानीकर्ताले हेर्न पाउने गरी नयाँ फिचर थप्न लागेको हो। मेरो सेयर'मा आबद्ध लगानीकर्ताले
पनि आफूले लगानी गरेको कम्पनीले दिएको लाभांशको सम्पूर्ण विवरण हेर्न पाउने गरी नयाँ फिचर थपिन लागेको हो । नयाँ फिचर थपिएपछि ‘लगानीकर्ताले लाभांशदेखि त्यो जम्मा भएको मिति, लाभांश परिमाण लगायतको बिषय मेरो सेयरमा हेर्न सकिनेछ
। 'मेरो सेयर'को मोवाइल एप्स निर्माण भइरहेको छ भने
लाभांश रेकर्ड सेवाको साथमा डाटा फिल्टरिङ(केवाइसी
अपडेट)को काम तथा अन्य लगानीकर्तामैत्री विशेषताहरु थपगर्ने योजना समेत रहेको छ ।
आँखु खोला हाइड्रो पावर कम्पनीको आईपिओ साउन १७ गतेदेखि
आँखु खोला हाइड्रो पावर कम्पनीले आयोजना प्रभावित स्थानीयहरूलाई साउन १७
गतेदेखि साधारण शेयर (आर्इपिओ) बिक्री गर्ने भएको छ । कम्पनीले धादिङ्गका स्थानीय
बासिन्दाका लागि ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आइपिओको निष्काशन गर्न
लागेको हो ।स्थानीयहरुले साउन १७ गतेदेखि छिटोमा साउने ३१ गतेसम्म तथा ढिलोमा भदौ १५ गतेसम्म
आवेदन दिन सक्ने छन। लगानीकर्ताले न्युनतम ५० कित्ता र अधिकतम ४ हजार कित्ता सम्मका लागि आवेदन
दिन सक्ने छन् । धादिङमा रहेका मुक्तिनाथ
विकास बैंक,
सिभिल बैंक र
प्रभु बैंकका शाखा कार्यालय मार्फत आवेदन दिन सकिने छ । साथै आँखु खोला हाइड्रो पावर
कम्पनीको आयोजना स्थलको कार्यालय त्रिपुरासुन्दरी गाँउपालिका ४ रिङनेबजारमा पनि
आवेदन दिन सकिने बिक्रि प्रबन्धक सिभिल
क्यापिटल मार्केटले जनाएको छ । इक्रा नेपालले आँखु खोला
जलविद्युत कम्पनी लिमीटेडको आर्इपिओ
ग्रेड फाइभको ग्रेडिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको अवस्था औसत भन्दा कमजोर
रहेको जनाउँछ ।कम्पनीले स्थानीयलाई शेयर बिक्री गरेपछि आम सर्वसाधारणका लागि १२
करोड बराबरको १२ लाख कित्ता आर्इपिओ जारी गर्नेछ ।
Wednesday, July 11, 2018
एनएमबी बैंकले १५% बोनस दिने, एफपीओ भर्नेले पनि पाउने
एनएमबी बैंकले १५% बोनस शेयर दिने भएको छ । बैंकले हाल बिक्री गरिरहेको एफपीओपछि
कायम हुने चुक्ता पुँजी ७ अर्ब ६० करोड ३२ लाख ९० हजार ६३४ रुपैयाँको १५% बोनस शेयर
दिने भएको हो । बैंकले बोनस शेयरमा लाग्ने कर तिर्न ०.७८९% नगद लाभांश पनि दिने
घोषणा गरेको छ । बोनस शेयर पनि दिइसकेपछि एनएमबीको चुक्ता पुँजी ८ अर्ब ७४ करोड ३७
लाख ८४ हजार २२९ रुपैयाँ पुग्नेछ । एनएमबी बैंकले अहिले प्रतिकित्ता ३३३ रुपैयाँ
दरको १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ बिक्री गरिरहेको छ । यसमा
बिहीबारसम्म आवेदन दिन सकिनेछ । मंगलबारसम्मको तथ्याङ्क हेर्दा यो बैंकको एफपीओ
अन्डरराइटरले सकार्नुपर्ने देखिन्छ । अझै ३५ लाख भन्दा बढी कित्तामा आवेदन पर्न
बाँकी नै छ ।
मिर्मिरे माइक्रोफाइनान्स डिभलभमेन्ट बैंकको हकप्रद शेयर खुला
मिर्मिरे माइक्रोफाइनान्स डिभलभमेन्ट बैंकको असार २७ गतेदेखि १००%
हकप्रद शेयर बिक्री खुला भएको छ । कम्पनीले १:१ अनुपातमा ४ लाख ५० हजार कित्ता शेयर निष्कासन गरेको हो । १०० रुपैयाँ अंकित मूल्यको यो
हकप्रद साउन २९ गतेसम्म भर्न सकिनेछ । जेठ १७ गतेसम्म कायम शेयरधनी मात्र हकप्रद
भर्न योग्य हुनेछन् । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाटसहित शाखा
कार्यालयहरु लालदरबार काठमाडौं, लगनखेल ललितपुर, पोखरा, बुटवल, वीरगञ्ज र विराटनगरबाट पनि आवेदन दिन सकिनेछ । यसैगरी, मिर्मिरेको बनेपा सहित अन्य शाखा तथा नेपाल इन्भेष्टमेन्ट बैंकको
विराटनगर, वीरगञ्ज, नेपालगञ्ज, नारायणगढ, बुटवल एवं धनगढी शाखाबाट पनि आवेदन दिन मिल्नेछ । धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा
वित्तीय संस्थाबाट पनि हकप्रद भर्ने सुविधा छ । हाल मिर्मिरेको चुक्ता पुँजी ४
करोड ५० लाख रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि चुक्ता पुँजी ९ करोड रुपैयाँ
पुग्नेछ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले २ करोड १२ लाख १४ हजार
रुपैयाँ खुद नाफा कमाएको छ । मिर्मिरेको प्रतिशेयर आम्दानी ६२ रुपैयाँ ८६ पैसा र
प्रतिशेयर नेटवर्थ २११ रुपैयाँ २८ पैसा छ ।
Sunday, July 1, 2018
आरएसडीसी लघुवित्तको ६०% हकप्रद बिक्री खुल्यो
आरएसडीसी लघुवित्त वित्तिय संस्थाको
आज आइतबार (असार १७ गते) देखि ६०% हकप्रद सेयर बिक्री खुला भएको छ । कम्पनीले ५:३
अनुपातमा २१ लाख ५९ हजार ७०० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । यसमा जेठ
२१ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । हकप्रद भर्ने अन्तिम
म्याद भने साउन २० गते तोकिएको छ । लगानीकर्ताले
बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलको लाजिम्पाट, लगनखेल र
लालदरबार काठमाडौं तथा पोखरा, बुटवल, वीरगञ्ज
र विराटनगरमा रहेका कार्यालयबाट हकप्रद भर्न सक्नेछन् । आरएसडीसीको बुटवल
कालिकानगर कार्यालयबाट पनि हकप्रद भर्न सकिनेछ । यसैगरी, आस्वा
प्रणालीमा सहभागी सबै बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन पाइन्छ ।हाल
आरएसडीसीको चुक्ता पुँजी ३५ करोड ९९ लाख ५० हजार रुपैयाँ रहेको छ । हकप्रदपछि
चुक्ता पुँजी ५७ करोड ५९ लाख २० हजार रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको तेस्रो
त्रैमासमा आरएसडीसीले २ करोड ३० लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
प्रतिसेयर आम्दानी ८ रुपैयाँ ५४ पैसा रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ भने १३२
रुपैयाँ ४१ पैसा छ ।
सूर्या लाइफ इन्सुरेन्सको १२% बोनस शेयरमा मूल्य समायोजन
सूर्या लाइफ इन्सुरेन्सको १२% बोनस
शेयरमा मूल्य समायोजन भएको छ । बोनस समायोजनपछि कम्पनीको शेयर मूल्य प्रतिकित्ता
५८०.३६ रुपैयाँ कायम भएको छ । आइताबार सूर्या लाइफ इन्सुरेन्सको शेयर कारोबार यही
मूल्यलाई आधर मानेर खुलेको छ । यसको औसत आधार मूल्य भने ७२७.२१ रुपैयाँ छ । सूर्या
लाइफ इन्सुरेन्सको असार ३२ गते साधारण सभा गर्दैछ । यसका लागि आइतबार बुक क्लोज
गरेको हो । सभामा हालै बिक्री गरिएको ४०% हकप्रद भर्नेले पनि पाउने गरी १२% बोनस शेयर
र कर तिर्न ०.६३% नगद लाभांश दिने प्रस्ताव लगिनेछ। यसैगरी, १२% बोनस
शेयरपछि कायम हुने चुक्ता पुँजी १ अर्ब १३ करोड १९ लाख रुपैयाँको फेरि ७०% हकप्रद
बिक्री गर्ने प्रस्ताव पनि सभाको एजेन्डा बनाइने छ ।चालु आर्थिक वर्षको तेस्रो
त्रैमाससम्म आइपुग्दा सूर्या लाइफले ९ करोड ७७ लाख ५४ हजार रुपैयाँ खुद नाफा
कमाएको छ । यसको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ६ पैसा र प्रतिशेयर नेटवर्थ १५५
रुपैयाँ १६ पैसा रहेको छ ।
Sunday, June 24, 2018
नाडेप लघुवित्तको आईपीओ खुल्यो
नाडेप लघुवित्त बित्तीय संस्था
लिमीटेडले आज असार १० गते देखि ४ लाख ८० हजार कित्ता आइपीओ निश्कासन गरेको छ । नाडेपले
१०० रुपैयाँ अंकित मूल्यका कुल ४ करोड ८० लाख बराबरको आइपीओ निश्कासन गरेको हो ।आइपीओमा
छिटोमा असार १३ गतेसम्म र ढिलोमा साउन ७ गतेसम्म आवेदन दिन सकिनेछ ।कुल निश्कासन
हुने ४ लाख ८० हजार कित्तामध्ये ५ प्रतिशतले हुन आउने २४ हजार कित्ता नाडेपका
कर्मचारीका लागि तथा २४ हजार कित्ता नै म्युचुअल फण्डहरुका लागि छुट्याइएको छ ।
बाँकी ९० प्रतिशत चाहि सर्वसाधारणका लागि छुट्याइएको छ । यो
कम्पनीले कुल चुक्तापूँजीको ३० प्रतिशत सेयर सर्वसाधारणमा बिक्री हुन लागेको हो । इच्छुक
लगानीकर्ताले न्यूनतम २० कित्तादेखि अधिकतम २४०० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्
। कम्पनीको आइपीओ निश्कासन तथा बिक्री
प्रबन्धकमा नविल इन्भेष्टमेन्ट बैंकिङ लिमीटेड रहेको छ । इक्रा नेपालले यो
कम्पनीको आइपीओलाई ग्रेड फोर प्लसको रेटिङ प्रदान गरेको छ । यसको अर्थ यो कम्पनीको
अवस्था औसत आधार भन्दा कमजोर रहेको भन्ने देखाउँछ ।
नाडेपले चालु आर्थिक वर्षको तेश्रो
त्रैमाससम्म ४ करोड ४६ लाख खूद नाफा आर्जन गरेको थियो ।
Thursday, June 21, 2018
नेपाल बैंकको एफपीओ असार १५ गतेदेखि
नेपाल बैंक लिमिटेडले असार १५ गतेदेखि थप सार्वजनिक निष्काशन (एफपीओ) निष्कासन गर्ने भएको छ। बैंकले छिटोमा असार
१९ गतेसम्म र ढिलोमा साउन १३ गतेसम्म बैंकले सिद्धार्थ क्यापिटल मार्फत एक सय
रुपैयाँ फेस भ्यालूमा १८० रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता २८० रुपैयाँमा एक
करोड ७६ लाख ८४ हजार ८८५ कित्ता एफपीओ निष्कासन गर्नेछ। एफपीओमा
पहिलो दिन देखिनै संगठित संस्थाले आवेदन दिने पाउने बैंकले जनाएको छ। न्युनतम १०
कित्ता र अधिकतम नेपाल राष्ट्र बैंकले तोकेको सीमा ननाघ्ने गरी आवदेन दिन पाउने
बैंकले जनाएको छ।नेपाल राष्ट्र बैंकको नियम अनुसार आवेदकले अधिकतम १५ प्रतिशत
ननाघ्ने गरी आवेदन दिन पाउने छन्।यस भन्दा अगाडि सार्वजनिक शेयर निष्कासन हुँदा
पहिलो चरणमा शेयर बिक्री नभएमा मात्रै संघठित संस्थाले शेयर खरिद गर्न पाउने
व्यवस्था भएकोमा धितोपत्र बोर्डले असार ५ गते धितोपत्र निष्कासन तथा बाँडफाँड
निर्देशिका संशोधन गरी संघठित संस्थाले सुरु देखिनै शेयर आवदेन दिन पाउने व्यवस्था
गरेको हो।बुटवल पावर र एनएमबी बैंकले शेयर निष्कासन गर्दा बिक्री नभएको नजिरलार्इ
मध्यनजगर गर्दै धितोपत्र बोर्डले निर्देशिका नै संशोधन गरेको हो।निर्देशिकामा
अधिकतम कित्ता कतिसम्म तोक्ने भन्ने अधिकार स्वयं कम्पनीलार्इ नै दिएको थियो।बैंकले
एफपीओ निष्कासन गरेसँगै संस्थापक शेयरधनी नेपाल सरकारको ५१ प्रतिशत अर्थात ५ अर्ब
रुपैयाँ र सर्वसधारणको ४९ प्रतिशत अर्थात ४ अर्ब ८० करोड रुपैयाँ गरि ९ अर्ब ८१
करोड रुपैया पुग्नेछ। विगत तीन वर्षको नेटवर्थमा औसत प्रतिफल २७.६ प्रतिशत रहेको
छ। बैंकको क्रेडिट रेटिङ "केयर-एनपि आइपिओ ग्रेड ३ प्लस" रहेको छ। यस
रेटिङले संस्थाको अवस्था औसत आधार राम्रो रहेको देखाउँछ। बैंकले एफपीओ निष्कासन
गर्नुपर्ने प्रमुख कारण नेपाल सरकारको स्वामित्व घटाउने रहेको छ। बैंकले एफपीओ
मार्फत ४ अर्ब ९५ करोड रुपैयाँ उठाउनेछ। जसमा एक अर्ब ७६ करोड रुपैयाँ पूँजीको
रुपमा रहनेछ भने जगेडा कोषमा तीन अर्ब १८ करोड रुपैयाँ जम्मा हुनेछ।
बैंकले जारी गर्न लागेको एफपीओमा ८
मर्चेन्ट बैंकले प्रत्याभूति गरेका छन् ।जसमध्ये सीबिआईएल क्यापिटलले सबैभन्दा
धेरै एक अर्ब १५ करोड ३८ लाख, ग्लोबल आईएमई क्यापिटलले एक अर्ब
१३ करोड ४० लाख, एनआईबीएल एस क्यापिटलले ८९ करोड ९७ लाख, सिभिल
क्यापिटलले ४५ करोड, लक्ष्मी क्यापिटल मार्केट्सले ४५ करोड, सनराइज
क्यापिटलले ३६ करोड, सानिमा क्यापिटलले २७ करोड र नेपाल एसबीआई
मर्चेन्ट बैंकिङ्ग लिमिटेडले २३ करोड ४० लाख रुपैयाँ बराबरको एफपीओ प्रत्याभूति
गरेका छन् ।
Monday, June 18, 2018
अर्थमन्त्री खतिवडाको सांसदको कार्यकाल अब २० महिनामात्र
सेयर
बजारप्रति अनुदार भनिएका अर्थमन्त्री डा. युवराज खतिवडाको राष्ट्रिय सभा सदस्यमा
दुई वर्षमात्र कार्यकाल कायम हुने भएको छ । आज सोमबार
राष्ट्रिय सभा सदस्यहरुको कार्यकालको चिठ्ठामा अर्थमन्त्री डा. युवराज खतिवडालाई
दुई बर्ष कार्यकाल परेको हो ।प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्री
बनाएपछि खतिवडालार्इ राष्ट्रिय सभा सदस्य बनाएका थिए ।उनी
नेपाल कम्युनिष्ट पार्टीबाट राष्ट्रिय सभा सदस्य हुन्। खतिवडाको
कार्यकाल दुई वर्षमात्र कायम हुने भएपछि सेयर लगानीकर्ता खुसी भएका छन् । सरकारको
सिफारिसमा डा. खतिवडा गत फागुन ८ गते राष्ट्रिय सभा सदस्यमा मनोनित भएका थिए । संविधानको
धारा ८६ को उपधारा (२) को खण्ड (ख) बमोजिम सरकारले खतिवडालाई राष्ट्रिय सभा
सदस्यमा मनोनयन गरेको थियो । राष्ट्रिय सभामा तीन जना सरकारको सिफारिसमा
राष्ट्रपतिबाट मनोनयन गर्ने संवैधानिक व्यवस्था छ । राष्ट्रिय
सभामा मनोनयन भएको समयावधिबाट अब खतिवडाको राष्ट्रिय सभा सदस्यको कार्यकाल २०
महिना रहनेछ । संविधान अनुसार राष्ट्रिय सभाका एक तिहाई सदस्यको संख्या २
वर्ष, अर्को एक तिहाईको ४ वर्ष र बाँकीको ६ वर्ष पदावधि रहने र उक्त
पदावधी गोलाप्रथाबाट टुङ्गो लगाउने व्यवस्था संविधानमा गरिएको छ।
Sunday, June 17, 2018
नेपाल बैंकले पायो एफपीओ निश्कासनको अनुमति, यही साताभित्र एफपीओ आउने
धितोपत्र
बोर्डले नेपाल बैंकलाई ४ अर्ब ९५ करोड १७
लाख ६० हजार २४० रुपैयाँ बराबरको १ करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपीओ बिक्री
गर्न अनुमति दिएको छ । बैंकले फेस भ्यालु १०० रुपैयाँमा १८० रुपैयाँ प्रिमियम
जोडेर प्रतिकित्ता २८० रुपैयाँ दरमा एफपीओ बिक्री खुला गर्ने भएको छ । एफपीओ
बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ भने १० वटा क्यापिटलले बैंकले
निष्काशन गर्ने एफपिओको प्रत्याभुति गरेका छन् ।सरकारी स्वामित्वको नेपाल बैंकले
नेपाल सरकारको हिस्सा ५१% र सर्वसाधारणको ४९% कायम गर्न एफपीओ जारी गर्न लागेको हो
। हाल यस बैंकको हाल चुक्ता पूँजी ८ अर्ब ४ करोड रुपैयाँ रहेको छ । एफपिओ
निष्काशनपछि बैंकको चुक्ता पूँजी ९ अर्ब ८१ करोड पुग्नेछ र साढे ३ अर्बभन्दा बढी
प्रिमियम रकम जगेडा कोषमा थपिनेछ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नेपाल
बैंकले २ अर्ब ५६ करोड ७७ लाख २८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर
आम्दानी ४२ रुपैयाँ ५७ पैसा रहेको यस बैकको प्रतिसेयर नेटवर्थ १७४ रुपैयाँ ३१ पैसा
छ ।
बैंकहरुमा
उच्च व्याजदरमा निक्षेप तानातानको होड चलिरहेको र एनएमबी बैंकको ३ अर्ब ६४ करोड १७
लाख रुपैयाँको एफपिओमा ज्यादै न्युन मात्रामा आवेदन परिहेका बेला नेपाल बैंकको
एफपिओको अवस्था के होला भन्ने सबैको चासो बढेको छ ।
What is the difference between Email and Gmail?
Many people have a question about
what is the difference between email and Gmail? Even some people think that
email is also a separate service like Gmail, but it is not. To understand what the
difference between Email and Gmail is, first we have to understand these two
very well.
What is Email?
The full name of the email is Electronic
Mail. Email information and information is a process of exchange. By the way,
by writing a letter, reaching a message or news from one place to other, the
message or news is transmitted from one location to another in the same way
through the Internet. In a line, on the Internet, a letter or message from one
place to another is called an email.
What is Gmail?
The full name of Gmail is
"Google Mail". (Gmail Full Form - Google Mail). The way we use the
post office to send the letter from one place to another. In the same way, an
email service is used to send email from one place to another, and Gmail is an
email service that acts as a post office on the Internet to send email from one
location to another. And this is a service from Google. To provide email
service on the Internet Gmail is not only a service but there are many more
services like - Yahoo Mail, Hotmail, Outlook etc. and many email services that
provide email service on the Internet.
What is the difference
between Email and Gmail?
The same difference between a
letter and a post office is in the Email and Gmail. The email is the one in
which we write a message or news and Gmail is through which it converts that
message or news from one place to another. I hope you know what the difference
between Email and Gmail is. If you have any questions or suggestions, please
tell us clearly and if you like the information, then do not forget to share it
and share it. Thank you.
Saturday, June 16, 2018
पेनाल्टीमा चुके मेस्सी, आइसल्याण्डसँग बराबरीमा रोकियो अर्जेन्टिना
लिओनल मेस्सी पेनाल्टीमा चुक्दा आइसल्याण्डले विश्वको डेब्यू खेलमै अर्जेन्टिनालाई बराबरीमा रोकेको छ ।आज सनिबार भएको समूह डीको पहिलो खेलमा अर्जेन्टिना र आइसल्याण्डले १-१ को बराबरी खेल्दै अंक बाँडेका हुन् ।विश्वकपमा डेब्यू गर्दा पनि आइसल्याण्डले आफ्नो पुरानै शैलीको खेललाई निरन्तरता दिएको छ ।खेलमा अग्रता भने अर्जेन्टिनाले लिएको थियो । १९ औं मिनेटमा सर्जिओ एग्युरोले गोल गरेका थिए । तर, चार मिनेटपछि नै आइसल्याण्डले बराबरी गोल फर्काएको थियो।
अल्फ्रेड फिनबोगसन विश्वकपमा गोल गर्ने पहिलो आइसल्याण्डका फुटबलर बनेका छन् ।दोस्रो हाफमा सर्जिओ एग्युरोलाई लडाएपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो तर, मेस्सी गोल गर्न चुके । पाँच पटकका बालोन डि’ओर विजेता मेस्सीको पेनाल्टीलाई हृयाण्ड्स हालडोसनले सहजै रोकिदिएका छन् । विश्वकपको उपाधी दाबेदार मानिएको साबिक उपविजेता अर्जेन्टिनालाई आइसल्याण्डले १—१ गोलको बराबरीमा रोकेको हो । धेरैले अर्जेन्टिनाको लागि सहज जीत हुने अनुमान गरिएपनि आइसल्यान्डका खेलाडीले अर्जेन्टिनी आक्रमणलाई निरन्तर असफल पारेका थिए।
Friday, June 15, 2018
उरूग्वेको इजिप्टमाथि संघर्षपूर्ण जीत
विश्वकप
फुटबलको २१ औं संस्करणमा समूह ‘ए’ को दोस्रो खेलमा
उरुग्वेले इजिप्टविरुद्व एक गोल गर्दै संघर्षपूर्ण जीत निकालेको छ । उरूग्वेको
जितमा खेलको ८९ मिनेटमा जोसे मारिया जिमिनेजले निर्णायक
गोल गरे।खेलभरी निकै रक्षात्मक खेल पस्केको इजिप्टले कार्लोस
सान्चेजको फ्रिकिकमा गिमिनेजले गोल गरेपछि हार व्यहोर्न बाध्य भयो।त्यसअघि
उरूग्वेका लुइस सुआरेज र इडिसन काभानी गोल गर्ने केही राम्रा मौका खेर फालेका थिए।
खेलको २३ औं मिनेटमा सुआरेजले ६ यार्ड नजिकैबाट गरेको कडा प्रहार गोलपोष्ट बाहिर
गएको थियो।
दोस्रो
हाफको सुरुमै एडिसन काभानीको पासमा सुआरेजले गरेको अर्को सशक्त प्रहारलाई इजिप्टका
गोलकिपर इलसेनवाइले सुन्दर बचाउ गरेका थिए। यस्तै खेलको ७३ औं
मिनेटमा सुआरेज बलअघि बढाउँदै गोलपोष्ट नजिक पुगे पनि इलसेनवाइलार्इ रोक्न सफल भए।
८३ औं मिनेटमा भने इडिसन काभानीले सुआरेजले हेडमार्फत उपलब्ध गराएको पासमा गरेको
शशक्त प्रहारलार्इ गोलकिपर इलसेनवाइले उत्कृष्ट बचाउ गरेका थिए ।समूह ‘ए’मा रहेको
उरूग्वेले यो जितसँगै विश्वकपमा विजयी सुरूवात गरेको छ।चार राष्ट्र सम्मिलित समूह
एमा उरूग्वे दोस्रो स्थानमा उक्लिएको छ। यसअघि बिहिबार साउदीलाई हराएको घरेलु टोली
रसिया गोल अन्तरका आधारमा समूहको शीर्ष स्थानमा छ ।समूह वी अन्तर्गत दोस्रो खेल
मोरक्को र इरानवीच जारी रहेको छ भने तेस्रो खेल नेपाली समय अनुसार पोने बाह्र
बजेदेखि स्पेन र पोर्चुगलबीच हुने छ ।
नाडेप लघुवित्तको ४ लाख ८० हजार कित्ता आईपीओ निष्काशन असार १० गतेबाट
नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले ४ लाख ८०
हजार कित्ता शेयरको आईपीओ जारी गरेको छ । यो संस्थाले प्रति शेयर १ सय रुपैयाँका
दरले जारी गरेको यो शेयरमध्ये ५ प्रतिशत अर्थात २४ सय कित्ता साधारण शेयर कम्पनीका
कर्मचारीको लागि सुरक्षित गरेको छ । अर्को ५ प्रतिशत अर्थात २४ सय कित्ता शेयर नै सामूहिक
लगानी कोषका लागि छुट्याएर बाँकी रहेको ९० प्रतिशत अर्थात ४ लाख ३२ हजार कित्ता
शेयरको सर्वसाधारणका लागि निष्काशन गरेको छ ।प्रति कित्ता सय रुपैयाँ दरका यो
शेयरका लागि कम्तिमा २० देखि बढीमा २४ सय कित्तासम्म आवेदन दिन पाइने छ ।
यो
कम्पनीको शेयर आवेदनका निम्ति यही असार १० गतेबाट छिटोमा असार १३ र ढिलोमा साउन ७
गतेसम्मको समय दिइएको छ । यो वित्तीय संस्थाको शेयर आवेदन नेपाल धितोपत्र
बोर्डबाट स्वीकृत प्राप्त गरेको सबै सीआस्वा सदस्य तथा बैंक र तिनका शाखाबाट दिन
सकिने छ ।आईपीओ निष्कासनपछि संस्थाको चुक्तापूँजी १६ करोड रुपैयाँ पुग्ने छ । यो कम्पनीले
गत आवमा ८ करोड नाफा गरेको थियो । चालू आवमा १४ करोड५६ लाख नाफा गर्ने भएको छ भने
आगामी वर्ष २० करोड ८२ लाखको लक्ष्य अगाडि सारेको छ । यसको बिक्री
प्रवन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड हो ।
विश्वकपमा रुसको शानदार सुरुवात, आज ३ वटा खेल हुँदै
विश्वकप
फुटबलको उद्घाटन खेलमा आयोजक राष्ट्र रुसले शानदार सुरुवात गरेको छ । बिहीबार भएको
खेलमा रुसले साउदी अरबलाई ५–० गोल अन्तरले हराएको हो ।नेपाली
समय अनुसार बिहीबार राति पौने ९ बजे सुरु भएको खेलमा रसियालाई जिताउन डेनिस
चेरसेबले २ तथा युरी ग्याजिन्स्की, आर्तेन जुबा र
अलेक्जेण्डर गोलोविनले १/१ गोल गरे । रसियाले खेलको १२
औं मिनेटमा नै ग्याजिन्स्कीको गोलमा अग्रता लियो । त्यसपछि चेरसेबले ४३ औं मिनेटमा
गोल थपेपछि पहिलो हाफमा रसियाले २- ० को अग्रता लियो । ७१ औ मिनेटमा जुबाले गोल गरे भने बाँकी २
गोल खेलको इन्जुरी समयमा भयो । इन्जरी समयको पहिलो मिनेटमा नै चेरसेबले गोल गरे
भने खेल सकिने केही सेकेण्ड अगाडि गोलोविनले गोल गरे ।
आज शुक्रबार पनि ३ खेल हुँदैछन् । समूह ‘ए’ मा साँझ
५:४५ बजे इजिप्ट र युरुग्वे प्रतिस्पर्धा गर्दैछन् । यसैगरी, समूह ‘बी’ को पनि २
वटा खेल हुँदैछन् । मोरक्को र इरानको खेल ८:४५ बजे हुनेछ भने राती ११:४५ बजे स्पेन
र पोर्चुगल भिड्नेछन् ।
Wednesday, June 13, 2018
एनएमबी बैंकको एफपिओको बिक्री खुल्यो, कति कित्ता र कहाँबाट आवेदन दिने?
एनएमबी बैंकले आज जेठ ३० गतेदेखि
थप सार्वजनिक निष्काशन (एफपिओ) को बिक्री खुला गरेको छ । एफपीओको निश्कासन तथा
बिक्री प्रबन्धकको काम नागरिक लगानीकोषले गर्नेछ । बैंकले एक करोड १४ लाख १५ हजार
१६३ कित्ता एफपिओ बिक्रीमा ल्याएको हो । बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा २३३
रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ३३३ रुपैयाँमा एफपीओ बिक्री गर्न लागेको हो ।
हाल एननएमबीको दोस्रो बजारमा प्रतिकित्ता ३६७ रुपैयाँमा कारोबार भईरहेको छ ।
बैंकको एफपिओमा जेठ ३० गतेदेखि
असार ३ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा आवश्यक आवेदन नपरेमा असार २८
गतेसम्म आवेदन गर्न सकिनेछ । इच्छुक लगानीकर्ताहरुले
न्यूनतम १० कित्ता र अधिकतम ५७ हजार ७० कित्तासम्म धितोपत्र बोर्डबाट स्वीकृत
प्राप्त गरेका सम्पूर्ण सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र
तिनका शाखा कार्यालयबाट आवेदन दिन पाइनेछ । साथै मेरो शेयर प्रयोकर्ताले भने घरमै
बसेर इन्टरनेटको माध्यमबाट आवेदन दिन सक्नेछन् ।एनएमबी बैंकले संस्थापकको ५१ र
सर्बसाधारणको ४९ प्रतिशत हिस्सेदारी कायम गर्न एफपिओ बिक्री गर्न लागेको हो । एफपिओबाट
बैंकले २ अर्ब ६५ करोड रुपैयाँ प्रिमियम संकलन गर्नेछ भने एक अर्ब १४ करोड १५ लाख
रुपैयाँ चुक्ता पूँजी थपिनेछ । हाल बैंकको चुक्ता पूँजी ६ अर्ब ४६ करोड १७ लाख
रुपैयाँ रहेको छ । एफपिओ जारी पश्चात बैंकको चुक्ता पूँजी ७ अर्ब ६० करोड ३२ लाख
नाघ्नेछ । राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पूँजी कायम गर्न बैंकले थप ४०
करोड रुपैयाँ पूँजी विस्तार गर्नेछ ।
यस्तो छ वित्तीय
अवस्था
बैंक अफ दि इयर-२०१७' लगायतका
केही अन्तर्राष्ट्रिय उपाधि पाएर वर्षभरि चर्चामा रहेको एनएमबी बैंक संचालनमा
रहेका वाणिज्य बैंकहरुमध्ये मध्यमस्तरको बैंकको हो । बैंकमा नेदरल्याण्डको एफएमओ
विदेशी साझेदारका रुपमा रहेको छ । जसको प्रगति उत्साहजनक नै छ । गतबर्ष एक अर्ब १५
करोड खुद नाफा कमाएको बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमास अर्थात चैत्रसम्म
एक अर्ब ४१ करोड खुद नाफा कमाएको छ । ६ अर्ब ४६ करोड १७ लाख रुपैयाँ चुक्तापूँजी
भएको बैंकको जगेडा कोषमा पाँच अर्ब ६३ करोड छ । एफपिओ बिक्री पश्चात दुई अर्ब ६५
करोड प्रिमियम संकलन हुनसक्छ । जसले उसको जगेडाकोष अझै मजबुत बन्नेछ । गत
चैत्रसम्म बैंकले ८५ अर्ब २९ करोड निक्षेप संकलन गरेर ७४ अर्ब १ करोड कर्जा
परिचालन गरेको छ । उसको कर्जा पूँजी निक्षेप अनुपात ७५.३३ प्रतिशत, निस्क्रिय
कर्जा अनुपात १.१० प्रतिशत, पूँजी कोष १२.९३ प्रतिशत छ । बैंकको प्रति
शेयर आम्दानी २९ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १८५ रुपैयाँ, ईक्विटीमा
प्रतिफलको अनुपात १७ प्रतिशत छ । मूल्य आम्दानी अनुपात १५.२९ गुणा बढी छ ।
How To Apply For Google Adsense Within One Day In Blogger ?
If you want to apply for Google AdSense within just one day within Blogger, then do the same in your blogger as mentioned in the below-given point. If you do the same as mentioned in the below-given point, then you can apply for Google AdSense in one day and together you will get the approval of AdSense as soon as possible.
1.) To apply for Google AdSense just within 1 day with Blogger, first of all is required for a Top Level Domain, then first you buy a Top Level Domain. After buying Top Level Domain, connect it to your blog.
2.) After adding domain to Blogger, you can write 10 to 15 posts in your blog and publish it. Your post should be 100 to 300 words.
3.) After writing 10 to 15 posts, you will have to make some pages in your blog, like About Us, Contact Us, Term and Condition & Privacy Policy page.
4.) After creating the page, you have to use a theme for your blog, so whenever you use a theme, you have to be careful that your theme has a background should be white color.
5.) After making good edit of your theme, you have to go to the Blogger settings and turn on the HTTPS option. In Settings you will find two options within the HTTPS option, you have to pay YES in both options.
6.) After you've done all this, submit your blog's Sitemap.
7.) After submitting Sitemap, apply for Google AdSense.
How to apply for Google AdSense?
1.) First, log in to Google AdSense.
2.) After logging into Google AdSense, click on My Ads option.
3.) After that, you'll find the most options under My Ads.
4.) Then you will find "I will show ads on" in other products. In front of you, there will be a bracket in which you will need to enter the URL of your blog. Similarly, you must also write the URL of your blog or website.
5.) After typing the URL, click Submit.
6.) After clicking on Submit your blog will be reviewed, you will have to wait until your website is reviewed. After your website will be reviewed, then you will be given the approval of Goole AdSense. After that, you can place Google AdSense's Ads on your blog or website. So from this, you can apply for Google AdSense in just within one day.
Tuesday, June 12, 2018
10 Smartphones which are releasing in June 2018
1. Moto G6 & Moto G6 Play
The much-awaited Moto G6 has finally landed in India. After a huge launch in Brazil last month, the Moto G6 and G6 Play were launched in India. The Moto G6 has an 18:9 widescreen 5.7-inch Full HD+ display and features a Qualcomm Snapdragon 450 chipset under the hood. It has two variants –
3GB RAM + 32GB Storage
4GB RAM + 64GB Storage
It has a rear dual-camera setup featuring a 12MP primary sensor coupled with a 5MP secondary sensor, 16MP front camera, and a 3000mAh battery. On the other hand, Moto G6 Play features an only HD+ 18:9 widescreen 5.7-inch display, a Snapdragon 430 chipset, single 13-megapixel rear camera, 8-megapixel front camera backed by a massive 4000mAh battery.
2. Xiaomi Mi 8 & Mi 8 SE
Xiaomi recently unveiled its much-awaited Mi 8 flagship at its annual event. The Mi 8 is expected to be launched globally in eight countries including its biggest market outside its home market, India. Mi 8 will come with the with a Full HD+ Super AMOLED 6.21 inch OLED display, Snapdragon 845, up to 8GB of RAM and 128GB of storage. Mi 8 will feature an AI-enabled 12MP dual rear camera with a 20MP front camera and 3400mAh battery.
The company hasn’t confirmed yet whether Mi 8 SE will be launched globally or not, but the SE edition is expected to launch as well. It features a 5.8 inch AMOLED display, rear dual camera of 12MP and 5MP sensors, the new Snapdragon 710, a 20MP front camera and a 3120mAh battery. Both the smartphones will run the latest MIUI 10 based on Android 8.0 Oreo.
3. Xiaomi Redmi Y2
Xiaomi will be unveiling its Rdmi Y1 successor in India on June 7. The smartphone is expected to be an Indian version of its recently-launched Redmi S2. Redmi Y series was launched as a selfie-centric series of smartphones in India exclusively, and Redmi Y2 will be a slight upgrade over its predecessor.
It features a 5.99-inch widescreen 18:9 display, Snapdragon 625, 3GB of RAM and 32GB of internal storage. Redmi Y2 will pack a 12 megapixel + 5-megapixel dual rear camera and a 20-megapixel front camera. It runs Android 8.0 Oreo out of the box with MIUI 9.5 on top powered by a 3080mAh battery.
4. Lenovo Z5
The smartphone has already launched in China, and it might make it to the country by the end of this month. Though, Lenovo Z5 was teased to be a flagship killer, turns out that it was a pure marketing gimmick by the manufacturers. The smartphone is not anything alike as it was expected to be. Instead, Lenovo Z5 has launched with a Snapdragon 636 chipset, a 19:9 full HD+ elongated 6.2-inch display with a curved 2.5D Corning Gorilla in the top and some mid-range features.
Lenovo Z5 has a 3300mAh battery with 15W fast charge support, a rear dual camera consisting a 16 primary sensor and an 8-megapixel secondary sensor backed by AI capabilities and costs equivalent to Rs 13,700 in China.
5. Xiaomi Mi A2
Recently Xiaomi discontinued is Mi A1 smartphone in India as it launched Mi 6X in China, which will launch again in India as Mi A2. The Mi A series was launched in collaboration with Google, under its Android One project. The upcoming Mi A2 is expected to launch in India by the end of June or mid-July with the latest Android Oreo 8.1 on board. Mi A2 features a 5.99-inch widescreen 18:9 display, Snapdragon 660 processor and 4GB of RAM.
Mi A2 has 64GB of onboard storage and it features a 20-megapixel front camera and a 12MP+20MP dual rear camera. With Android 8.1 Oreo on board, the device will be powered by a 3010 mAh battery.
6. Nokia 7 (2018)
An updated version of Nokia 7 is expected to launch in China this month and may come to India as early as June. Nokia already has a Nokia 7 plus selling in India featuring a 6-inch full HD+ 18:9 widescreen display, Snapdragon 660, 4GB RAM and 64GB of internal storage. Nokia 7 Plus comes with a dual rear camera system of a 12-megapixel primary shooter coupled with a 13-megapixel secondary shooter.
Up front, Nokia 7 Plus features a 13-megapixel front camera and will run the latest Android 8.0 Oreo out of the box, backed by a 3800 mAh battery unit.
7. Oppo Find X
Oppo is bringing back its Find series smartphones after four years with Oppo Find X. The smartphone is scheduled to launch on June 19 at Paris. Find X is expected to come to India by the end of June or July. The Oppo Find X may feature the latest 5G support and 3D facial recognition system with a Snapdragon 845 chipset.
The Find X will come with 8GB of RAM, 256GB internal storage and a 6.42 inch bezel-less OLED 19:9 elongated display with 2K resolution and a 4,000mAh battery with Super VOOC fast charging.
8. Samsung Galaxy A9 Star & Galaxy A9 Star Lite
As per a leak, Samsung is working on a two premium smartphone called Galaxy A9 Star and Galaxy A9 Star Lite. The new smartphone may launch on June 7 globally. The Galaxy A9 Star and its Lite version will come with edge-to-edge bezel-less displays, rear dual camera setup and AMOLED displays on top in an 18:5:9 screen aspect ratio.
The devices will have with 4GB or 6GB of RAM with 64GB internal storage, which can be further expanded. The A9 Star may back up with a 3,700 mAh battery unit with Android 8.0 Oreo out of the box.
9. Nokia X6
The newly launched Nokia X6 is an iPhone X inspired Nokia version, which was recently launched in China last month. The Nokia X6 is also the first Nokia smartphone to feature a notch at the top of the display. The Nokia X6 has gone out of stock with a few seconds. in its first two flash sales in China. The smartphone is available in two storage versions of 4GB RAM with 32GB internal storage and a 6GB RAM variant with 64GB storage.
Nokia X6 runs a Snapdragon 636 chipset with a 5.8-inch Full HD+ 19:9 elongated display. It runs Android 8.1 Oreo out of the box with a rear dual camera system comprising of a 16MP + 5MP shooters. Up front, Nokia X6 features a 16 MP shooter, backed by a 3,060 mAh unit. The Nokia X6 may launch in India in June or early July.
10. Asus Zenfone 5
Unveiled at MWC 2018 in Barcelona, the Asus Zenfone 5 is an iPhone X inspired bezel-less smartphone featuring a notch at the top. The smartphone will get powered by the Snapdragon 636 chipset, similarly like its Zefone Max Pro M1. The Asus Zenfone 5 was scheduled to launch in India in April, but the release date has been pushed, and it is expected to launch in India by the end of June.
The Asus Zenfone 5 runs the latest Android 8.0 Oreo with a 19:9 6.2-inch HD+ display with a rear dual setup of 13MP+5MP cameras with an 8MP front camera. It has 4GB of RAM and 64GB internal storage, which can be expanded further. The Zenfone 5 will come with a 3,300mAh battery.
Subscribe to:
Comments (Atom)
स्वरोजगार लघुवित्तले २०% बोनस सेयर दिने
स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमीटेडले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । कम्पनीको साउन ३१ गते बसेको १७१ औ...
-
माथिल्लो तामाकोशी जलविद्युत कम्पनीले दोलखाका स्थानीय बासिन्दाका लागि आज बुधबार (साउन १६ गते) देखि आइपीओ खुला गरेको छ । दोलखाबासीले ...
-
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको थप सार्वजनिक निष्काशन (एफपिओ) साउन १५ गतेदेखि बिक्रीमा खुल्ला भएको छ । बैंकले प्रतिकित्ता एक सय रुपै...
-
सिडिएससीले ' मेरो सेयर ' मार्फत नै लाभांशको रेकर्ड हेर्न सकिने व्यवस्थाको तयारी गरेको छ । निकट भविष्यमै ' मेरो सेयर ' म...





















